बैशाख १०, जनकपुरधाम : देशमा कम्युनिष्ट र कांग्रेसको विकल्पमा भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच ऐतिहासिक एकता सम्पन्न भएको छ ।नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी,नेपाल” ( People’s Socialist Party,Nepal) रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ ।पार्टीको चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार गरिएको दुवै पार्टीका एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फ बाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।


पार्टी एकता तथा समानताको आधारमा हुने सहमति पत्रमा उल्लेख गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्