जेष्ठ ६,जनकपुरधाम (रवि कुमार) : सम्बन्धित निकायहरुको सहमतिमा जनकपुरधाम उप–महानगरपालिकाले वडा नं. ४ स्थित गोपाल धर्मशालामा ५० वेडको नयाँ ‘क्वारंटाइन’ सेन्टर आज देखि शुरु गर्ने भएको छ ।

शुरु को दिनमा उप–महानगरपालिकाले २५ वेडको ‘क्वारंटाइन’ सेन्टर स्वस्तिका नर्सिङ्ग होममा संचालन गर्दे आईरहेकोमा दिन प्रतिदिन कोरोन संक्रमितहरु को संख्या मा वृद्धि भै रहेको देखिंदा उप–महानगरपालिकाले गोपाल धर्मशालामा को ‘क्वारंटाइन’ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण र चिकित्सा सुविधा लगायतको अन्य सुरक्षा व्यवस्था, फ्री वाइफाइ,जेनरेटर युक्त विजुली, सफा खानेपानी, उचित साफ सफाई तथा पौष्टिक आहार सहित को सबै मुलभूत सुविधाको व्यवस्था गर्ने भएको छ ।
करिब सय कोठा निर्मित रहेको उक्त धर्मशाला को निरिक्षण गर्ने क्रममा उप–महानगरपालिका का प्रमुख लाल किसोर साहले बताए अनुसार कोरोना संक्रमित रोगीहरुका लागि यहाँ ‘क्वारंटाइन’ मा बस्न कुने पनि समस्या हुदैन यहाँ पर्याप्त ठाउँ छ तत्काल अहिले ५० वेडको व्यवस्था गरिएको छ पछि आवश्यक्ता अनुसार अरु थप गरिने छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्