८ जेठ,बर्दिया : बोल्न नसक्ने २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० कालाबन्जार बस्ने २३ वर्षीय कालुराम थारुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई घरदेखि करिब ५ सय मिटर पर खेतमा लगेर जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खैरीचन्दनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्