१८ जेठ,काठमाडौँ :बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस संक्रमणले मृत्यु भएको पुष्टि भएको छ। स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु काेराेना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनु भएको छ।यो सँगै नेपालमा कोरोना संक्रमण को कारण मृत्यु हुनेको संख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभएको छ ।
बुढीगङ्गा नगरपालिका –१ घर भएकी उनी आमाबुबा सँगै आठ दिनअघि मात्र भारत बाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्