Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम उप-महानगरपालीका द्वारा ई-पुस्तकालय को संचालन, विधार्थी हरु हर्षित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १९, २०७७
In समाज
0

१९ जेठ,जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकाले प्रबिधि मैत्री शिक्षाका लागि इ–लाईब्रेरी को शुरुवात गरेको छ । सरकार ले कोरोना नियन्त्रण को लागि समय समय मा लॉकडाउन को अवधि बढाई रहेको अवस्था मा विद्यालय जानवाट वञ्चित भएका बालबालिका हरु को लागि डिजिटल प्रबिधिबाट पठनपाठन शुरु गर्न पहिलो पटक जनकपुरधाम उप–महानगरपालिकाले www.gyankup.edu.np नाउ बाट (विद्युतीय पुस्तकालय) वेबसाइट संचालन मा ल्याएको छ।


इ–लाइब्रेरी को स्थापनाबाट विद्यालयमा प्रविधियुक्त सिकाइ आदान प्रदानमा सहजता थपिएको भन्दै डिजिटल माध्यमबाट पठनपाठन हुने भएपछि बिद्यार्थीरुको सिकाई उपलब्धी र शिक्षकहरुको ब्यवहारमा समेत परिवर्तन आउने उप–महानगरपालिका का मेयर लाल किशोर साह ले बताएका छन्। साथै ई-पुस्तकालयको मुख्य उद्देश्य विद्यार्थीहरूमा पढ्ने संस्कृतिको विकास गरी स्वअध्ययन, स्वतन्त्र चिन्तन र स्वतन्त्र अन्वेषणको परिपाटीलाई प्रोत्साहित गर्नु रहेको मेयर साह ले प्रस्ट पारेका छन्।

इन्टरनेटको माध्यम ले कक्षा १ देखि कक्षा १० सम्म का बिधार्थिहरु को लागि इ–लाइब्रेरीको सर्भरबाट विद्यार्थीहरूले तत्काल अहिले २०० भन्दा बढी पुस्तकहरू पढ्न पाउने बताइएको छ । अफलाइन सिस्टमबाट चल्ने उक्त लाइब्रेरीमा मोबाइलबाट समेत पुस्तकहरू पढ्न सकिने व्यवस्था छ ।


के हो ई-पुस्तकालय ?

ई-पुस्तकालय शिक्षा केन्द्रित पुस्तकालय हो। यसमा दस्तावेज, किताब, पत्रपत्रिका, अडियो, भिडियो लगायत साझा शिक्षा ई-पाटीद्वारा निर्मित राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तर्क्रियात्मक ई-पाठ क्रियाकलाप समेत समावेस गरिएका छन्। प्रयोगकर्ताहरूले ई-पुस्तकालयमा रहेका सामग्रीहरूलाई आन्तरिक-नेट (intra-net) अथवा ईन्टरनेटको माध्यमबाट खोलेर अध्ययन गर्न, भिडियो हेर्न र अडियो पुस्तकहरू सुन्न सक्दछन्।

हाल ई-पुस्तकालयमा नेपाली र अङ्ग्रेजी भाषाका संग्रहहरु का साथै नेपालभित्र बोलिने अन्य राष्ट्रिय भाषाका सामग्रीहरू समेत राखिएका छन्।सामान्य भौतिक पुस्तकालयमा जस्तै देखिने ई-पुस्तकालयका विभिन्न कक्षहरूमा प्रवेश गरेर प्रयोगकर्ताले आफ्नो रूची अनुसारका सामग्रीहरूमा पहुँच राख्न सक्दछन्।

ब्राउजिङ, सर्चिङ, र लिङ्किङ जस्ता सुविधाहरू भएको ई-पुस्तकालयमा प्रयोगकर्ताले आफूलाई चाहिएको सामग्रीको शिर्षक, लेखक वा सम्बन्धित शब्दावली अनुसार खोज गर्न सकिने हुँदा अन्वेषणकर्ताहरूका लागि समेत उपयोगी छ।

  • 120shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२
समाज

परराष्ट्रमन्त्री डा. राणाले बुढानीलकण्ठ स्थित निवासमा भित्र्याइन् गौरा

भदौ १५, २०८२
समाज

आज बुबाको सम्मान स्वरुप मनाइदैँ बाबुको मुख हेर्ने दिन  

भदौ ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend