Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतबाट फर्किदा धनुषाको नाकाबाट छिर्न नपाइने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २१, २०७७
In समाचार
0

रवि मण्डल,जनकपुर,जेष्ठ २१ : भारतमा बस्दै आएका नेपालीहरु घर फर्किदा धनुषा जिल्लाको कुनै पनि प्रवेश नाका खुल्ला नहुने भएको छ। भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासले भारतमा रहेका नेपाली कामदार नेपाल फर्किदा आवतजावतका लागि खुल्ला रहने कुल २० नाकामध्ये धनुषाको कुनै पनि नाका परेको छैन।

भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्किन चाहने नेपाली नागरिकहरुका लागि नेपाल-भारत सीमाका २० वटा प्रवेश विन्दुहरू: पशुपतिनगर (इलाम), काकड्भिटा (झापा), रानी (मोरंग), कुनौली (सप्तरी), ठाडी (सिरहा, माडर (सिरहा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), गौर (रौतहट), बिरगंज (पर्सा), महेशपुर (नवलपरासी पश्चिम ), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर (बर्दिया), गुलरिया (बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला (दार्चुला) तोकिएको दुतावासले जनाएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ जेठ १२ गतेको निर्णय अनुसार जारी भएको नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ स्वीकृत भएपछी हजारौको संख्यामा भारतका विभिन्न सहरमा रहेका नेपालीहरु स्वदेश फर्किन सम्भव भएको हो। यसअघी, हजारौको संख्यामा नेपालीहरु भारतमा र सिमाबर्ती क्षेत्रमा अलपत्र परेका थिए। यसरि अलपत्र परेका नेपालीहरु खान र उचित व्यबस्थापनको अभावमा कस्टकर जीवनयापन गर्न बाध्य थिए।

गएको हप्ता मात्रै, भारतको गुजरातबाट हिडेरै घर फर्किदै गरेका धनुषा जिल्ला निवासी कामदारको धनुषाको नेपाल-भारत सीमाका प्रवेश विन्दु जटहिमा मृत्यु भएको थियो। सीमा नाकाबाट नेपाल प्रवेश गरेपश्चात प्रबेश बिन्दु नजिकेको होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पूरा गरिसकेपछि निश्चित समयसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

(हेर्नुस कुनकुन प्रवेश बिन्दुबाट नेपाल फर्किन पाइन्छ: सुची सहित )

दुतावासले आपतकालीन समस्या परेमा दूतावासको आपतकालीन नम्वर ८९२९६०१९२५ मा सम्पर्क गर्नुहुन अनुरोध छ साथै अन्य विषयमा हरेक दिन (विदाको दिनमा समेत) बिहान ९ वजे देखी ५ बजे सम्म चालु रहने नम्बरहरु ०११२३४७६२००/२३३२७३६१मा सम्पर्क गर्न सकिने बताएको छ।

  • 668shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend