रवि मण्डल
जनकपुर, जेष्ठ २२
कोभिड-१९ को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भए संगै नेपालमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या १० पुगेको छ।
तीन दिनअघि पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएको पुरुषको मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनको मृत्यु कोभिड-१९ कै कारणले भएको पुष्टि भएको छ।
यससँगै, नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण लगातार बढ्ने क्रम जारि छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।
मन्त्रालयको दैनिक नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । थप संक्रमित संगै अहिले नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्