Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

संगीता मिश्रा लाई ‘सरुवा पुर्जी’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २३, २०७७
In समाज
0

विराटनगर, २३ जेठ : संघीय सरकार मातहतको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राले नै प्रदेश सरकारसँग राम्रो समन्वय गरेकी थिइन् । स्वास्थकर्मीहरूको परिचालनको नेतृत्व पनि उनैले गरेकी थिइन् । आवश्यक परे कोरोना संक्रमितहरूलाई रिसिभ गर्न आफैं पुग्थिन् ।

तर स्वास्थ्य मन्त्रालयले बिहीबार एकाएक मिश्रालाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको मन्त्रिस्तरीय निर्णयका आधारमा मिश्रालाई कोसीबाट प्रसूति गृहमा सरुवा गरिएको हो ।

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूको नेतृत्व गरिरहेकी मिश्राको सरुवा यस्तो बेला भएको छ, जतिबेला प्रदेश १ मा संक्रमण बढ्दो छ ।

मिश्राको सरुवाप्रति प्रदेश सरकार पनि सन्तुष्ट छैन । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय सरकारले समन्वय नगरी काम गर्दा कोरोना महामारीविरुद्ध लड्न असजिलो भएको प्रतिक्रिया दिए । ‘काम एउटा स्पिडमा चलिरहेको अवस्थामा एक्कासी कर्मचारीको सरुवा भयो’ उनले भने, ‘नयाँ मान्छेले त्यही स्पिडमा काम गर्न समय लाग्छ ।’

सरूवाबारे प्रतिक्रिया माग्दा मिश्राले कर्मचारीको सरुवा सामान्य भए पनि संकटको समयमा असजिलो महुसस भएको बताइन् ।

उनले अघि भनिन्, ‘सरुवा भएको जानकारी पाएँ, तर आधिकारिक पत्र आएको छैन । म एउटा सामान्य कर्मचारी हुँ, राज्यले पठाएको ठाउँमा जान्छु ।’

मिश्रा माघ पहिलो साता कोसीमा आएकी थिइन् । पाँच महिने कार्यकालमा अस्पतालमा उल्लेख्य सुधार गरेका डा. गुणराज लोहनीको सरुवा भएपछि उनी आएकी थिइन् । अस्पतालका अधिकारीहरूका अनुसार फागुनमै उनको सरुवा प्रयास भएको थियो ।

तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले छिटोछिटो सरुवा हुँदा अस्पतालको अवस्था थप खराब हुने भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हारगुहार गरेपछि थमौती भएको थियो । तर तिनै ढकालले कोरोना संक्रमणविरुद्धको लडाइँमा राम्रो काम गरिरहेका बेला मिश्राको सरुवा गरेका छन् ।

‘पहिले जे भए पनि कोरोना महामारी सुरु भएयता संगीताको भूमिका प्रशंसनीय छ’ अस्पतालका एक चिकित्सक भन्छन् ‘संक्रमित बढिरहेको अवस्थामा सरुवा गर्नु व्यवहारिक छैन ।’

सरकारले कोसीमा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजका डा. चुमनलाल दासलाई पठाउने निर्णय भएको छ । साभार : अनलाइन खबर

  • 148shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२
समाज

बुद्धिजीवी संगठन द्वारा बाढी पहिरो पीडित लाई पाँच लाख बढी सहयोग

कार्तिक ७, २०८१
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

कार्तिक ४, २०८१
समाज

सप्तरी बाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

कार्तिक ३, २०८१
समाज

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

अशोज ३०, २०८१
समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

अशोज २९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ

बैशाख ३०, २०८२

आकाशबाट यस्ताे देखियाे पशुपतिनाथ मन्दिर

बैशाख ३०, २०८२

चलचित्र क्षेत्रका लागि ‘सिनेपा’ को निर्माण एक क्रान्ति हो :प्रधानमन्त्री

बैशाख ३०, २०८२

अस्पतालपछि अब विद्यालयमा ध्यान, मुख्यमन्त्री सिंहले थाले शैक्षिक अनुगमन

बैशाख ३०, २०८२

सुनको मूल्य घट्यो

बैशाख ३०, २०८२

आठ घण्टा देखि बीपी राजमार्ग अवरुद्ध

बैशाख ३०, २०८२

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

बैशाख ३०, २०८२

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend