काठमाडौं ,६ असार : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेपाली पुरुष नागरिक सँग विवाह गरेका विदेशी महिलालाई ७ सात वर्ष मात्रै अंगिकृत नागरिकता दिन निर्णय गरेको छ। सचिवालय बैठकले प्रस्तावित नागरिकता सम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको हाे।
नागरिकता विधेयक बारे टुंगो लगाउन बसेको नेकपा सचिवालय बैठकले गैरआवसीय नेपालीको हकमा सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्र पाउन सक्ने निर्णय गरेको छ।
तथा नेपाली पुरुष नागरिक सँग विवाह गर्ने महिलाले प्राप्त गर्ने अङ्गीकृत नागरिकताको प्रावधान बारे विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि मात्र सम्बन्धितले वैवाहिक अङ्गीकृत नागरिकता पाउनु उपयुक्त हुने निष्कर्ष निकालेको हाे ।
दुई वर्षदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको नागरिकता विधेयकको अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको छैन ।
विदेशी ज्वाइँलाई पनि अङ्गीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरूको माग बैठकले अस्वीकृत गरेको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राख्नुभए पनि यसमा अरू नेता सहमत हुनुभएको बताइन्छ ।
बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्