काठमाडौं,७ असार : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक नेपालीसँग विवाह गरेकी विदेशी महिलाले सात वर्षपछि मात्र अंगिकृत नागरिकता पाउने प्रावधान बहुमतले पारित गरेको छ ।नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले पाउने वैवाहिक अंगिकृत नागरिकताको दलहरू बीच फरक मत भए पनि बहुमतले साे विधेयक पारित भएको हो ।
समितिले पारित गरेको नागरिका विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि अंगीकृत नागरिकता दिने प्रावधान रहेको छ ।त्यस्तै आफ्नो विदेशमा रहेको नागरिकता वा अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि मात्र सम्बन्धित महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था विधेयकमा छ ।
उक्त अवधिमा सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्र पाउनसक्ने व्यवस्था छ । समितिको यो निर्णयमा विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (राजपा र समाजवादी)ले फरक मत राखेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्