बाँके,१५ असार:एक ९ वर्षीया बालिकाको बलात्कारको आरोपमा नेपालगंज उपमहानगरपालिका -२१ पुरैना बस्ने राजन कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
कुमालले ती बालिकालाई खेलिरहेको अवस्थामा ललाई फकाई गरी आफ्नो कोठाभित्र लगि बलपूर्वक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।.यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्