(रवि कुमार) जनकपुरधाम,२० असार:जनकपुरधाम उपमहानगरपालिकाद्वारा शहिदहरुको सम्मानमा जनकपुरधामको उतरी प्रवेशद्वार स्थित मुजेलियामा भब्य शहिद गेटको निर्माण शुरु हुने भएको छ ।
मधेश आन्दोलनका शहिदहरु नितु यादव, दिलिप यादव र संजय चौधरीको अन्तयेष्टी समेत गरिएको राजमार्ग छेउ स्थित मुजेलिया मा जनकपुरधाम प्रवेशका लागि करिव ३ करोडको लगानीमा भब्य शहिद गेट निर्माण कार्यको शिलान्यास जनकपुरधामका मेयर लाल किशोर साहले आज गर्नुभएको हो ।
एक क्रार्यक्रम बिच जसपाका नेताहरुको उपस्थितीमा शहिद गेट निर्माण कार्यको शिलान्यास गरेका मेयर लाल किशोर साहले “जितेपछि सर्वप्रथम तिनैजना शहिद प्रति उपमहानगरपालिकाको पहिलो बैठकको निर्णय सो शहिदहरुको सम्मानमा शहिद गेट निर्माण गर्ने महत्वपुर्ण विषय उल्लेख रहेकोले यो काम गरेको छु, र अगामि आर्थिक वर्षमा यसगेटको समुदघाटन समेत गर्नेछु ।” भनी विश्वाश जताएका छन ।
‘ भगवान श्री रामको प्रतिमा र शहिदहरुको उपस्थितीले यस प्रवेशद्वारलाई एतिहाँसिक र धार्मिक महत्वको समेत बोध गराउने मेयर साहको कथन रहेको छ । जसपाका सांसद परमेश्वर साहले शहिदहरुको सम्मानमा हुने यस्ता कार्य सराहनिय रहेको बताएका छन । ‘जनकपुरधाम उपमहानगरपालिकाले” गरेको काम शहिदहरु प्रतिको सम्मान हो उनले भनेका छन ।
उपमेयर रिता झाले समेत आफुहरु शहिदहरुको बलिदानीको मुल्य कहिल्यै चुकाउन नसक्ने भन्दै सम्मानमा यो काम गर्न लागेको बताइन । शहिदगेटले जनकपुरधामको विशेषतामा थप विशेषण थप्ने र धार्मिक एतिहाँसिक तथा शहिदको स्मरण गराउने उनको भनाई रहेको थियो ।
तत्कालिन समाजवादी तथा हाल जसपाका नेताहरु पशुपती यादव तथा शेषनारायण यादव ले जनकपुरधाम उपमहानगरपालिकाको कामहरु मध्ये शहिद गेटको निर्माण र जनकपुरधाम नामाकंरण आफैमा गौरवशाली रहेको बताएका छन ।
कार्यक्रममा शहिद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । उपस्थिती विभिन्न राजनितिक दलका अगुवा, वडा अध्यक्षहरु, समाजसेवी सहित शहिद परिवारजनले पनि उपमहानगरपालिकाको यस कार्यलाई प्रशंशा गर्दैै धन्यवाद दिएका छन ।
यस्तो बन्दै छ जनकपुरधामको भब्य प्रवेशद्वार,
तिनजनै शहिदको अन्तेष्टी समेत गरिएको स्थलको छेउमा मुजेलिया स्थित छ ।

ढल्केवरवाट जनकपुरधाम प्रवेश गर्दा यो भब्य प्रवेशद्वार देखिने छ । ५७ फिट अग्लो र १ सय ५ फिट चौडाईको छ लेन सडक माथी भगवान श्री रामले धनुष उचालेको सो प्रवेशद्वार शहिद गेट भनेर चिनिने छ , गेटको तिन मुख्य पिलर माथी तिनजना शहिदको प्रतिमा समेत रहने छ ।

जनकपुरधाम उपमहानगरपालिकाले साढे ३ करोडको लागतमा सो भब्य शहिद गेट बनाउन लागेको हो



आफ्नो प्रतिकृया दिनुहोस्