जनकपुरधाम,२२असार । (रवि कुमार)
जघन्य अपराध गरेको धनुषा प्रहरीको खुलासा ।
जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कञ्चन कुमारी पंजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक भारतिय नागरिकलाई प्रकाउ गरेका छन । जघन्य कुर्कमका आरोपी भारतका उत्तर प्रदेश जिल्ला, मलिहावाद थाना काकोरी ग्राम पञ्चायत –११ बस्ने अशोक सिंहका छोरा ३२ वषीय को दिपु सिंहलाई धनुषा प्रहरीले पक्राउ गरी पत्रकारबीच सार्वजनीक गरेको हो ।

सोही वडास्थित चौधरी तथा मिश्र इन्डष्ट्रिजमा पाँच महिना देखि हेल्परको काम गरीरहेको आरापीले त्यहाँ भैसी चराउन गएकी वालिका कञ्चन पंजियारलाई लाई आँप दिन्छु भनेर लोभ देखाई ललाई फकाई सो इन्ड्रष्टिजको पछाडी पट्टी बगैंचाको एकान्त कुनामा लगी बालिकालाई बलात्कार गरि मुख थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानवाट यो रहस्य खुलेको धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताएका छन ।
बालिको हत्या गरीसके पछि दिपुले आफुले प्रयोग गर्ने ब्लान्केटमा शवलाई बेरी विहिवार विहान ३ बजे दुधमती नदिको पश्चिम साइडको डिलमा रहेको सिकटको झाडीमा फालेको प्रहरीले जनाएको छ । सो ब्लान्केट बालिकोको शव देखि पचास मिटरको दुरीको एक खेतमा माटोले पुरेको पाईएको थियोे ।
आरोपित संग बालिकाको केहि दिन देखिको लगाव र केहि प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको हो भने गिरफ्तार गरीएका आरोपीले उक्त घटना आफुले गरेको स्वीकार समेत गरिसकेको एसपी बस्नेतले बताएका छन ।
मृत लाशको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल प्रदेश नं २ जनकपुरधाममा पठाई मृतकको लास पोष्टमार्टम पश्चात सदगतको लागि मृतकको काका विजय पंजियारको जिम्मा लगाई पठाईएको छ ।
यस्तो छ घटना
घरको आर्थिक अवस्था कमजोर भएका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नंं. २१ कुर्था बस्ने विनोद पंजियार र उनका १३ वर्षीय छोरा रोशन छिमेकको खेतमा मजदुरी गर्न बिहानै गएका थिए । कञ्चनकी आमा संगीतादेवी पजियारको परिवार पिराडीचौकमा तरकारीको व्यवसाय गर्छीन । बुधबार बिहान संगीता आफ्ना जेठो दाई राजुसँगै धनुषाको ढल्केबजार पुगेर तरकारी किनेर झण्डै १ बजे फर्केकी थिईन ।
छोरी कञ्चन काका महेन्द्र पंजियारको घरमा खाना खाएर ईमली गाछी नजिकमा रहेको आँपको बगैचामा भैसी चराउदै गरेको अवस्थामा वेपता भइन । विहिवार बिहान प्रहरीलाई कञ्चन वेपता भएको खवर गरिएको थियो ।हराईरहेकी छोरी ११ वर्षिय कञ्चनको शव झाडीमा दुर्गन्धीत तथा निर्वस्त्र अवस्थामा शुक्रबार बिहान साढे ११ बजेतिर स्थानीयहस्ले दुधमति नदीको छेउमा देखेका थिए ।
कुमारी पंजियारको शव फेला परेको छ भन्ने व्यहोराको खवर प्राप्त हुन साथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा बाट प्र.ना.उ.रामेश्वर कार्की को कमाण्ड समेतको टोली खटी घटनास्थलमा गई हेर्दा दुधमति नदीको पश्चिम साईडको डिलमा रहेको सिकटको झाडीमा मृतक कंचन कुमारी पंजियारको शरीरको तलो भाग नाङगो रही माथि पट्टी पहेलो रंगको गन्जि लगाएकी ,मृतक लाश दुर्गन्धित भई शरीरको सम्पूर्ण भाग कालो भई केही अङहरुमा छाला फूलेको, छालाहरु खुईलियोको अवस्थामा रहेकोमा घटनास्थल लाश जाचँ मुचुल्का लगायतको प्रारम्भिक अनुसान्धान कार्य सम्पन्न गरेको थियो ।

सो अवस्थाम फेला परेको शवको प्रकृति हेर्दा कसैले बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको थियो । घटनास्थल नजिकबाट प्रहरीले एउटा कम्बल बरामद पनि गरेको थियो । यस घटनामा संलग्न रहेको आशंकामा घटनास्थल भन्दा झण्डै डेढसय मिटर दक्षिण समसानघाटमा बस्ने एक अघोरीबाबा सहित १९ जनालाई प्रहरीले पक्राउ गरेर गहन अनुसन्धान शुरु गरेको थियो ।
तत् पश्चात अनुसन्धानको क्रममा साही ठाउँ स्थित रहेको चौधरी र मिश्र इन्ड्रष्टिजमा करिव विगत ४,५ महिना अगाडी देखि सो इन्ड्रष्टिजमा काम गर्ने भारत देशको उत्तर प्रदेश राज्यको जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत काकोरी वडा नं. ११ पिन नं. ८१३१०९ गाउँ बण्डाखेरा वस्ने अशोक सिंहको छोरा वर्ष ३२ को दिपु सिंह लाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी निज उपर २ नं. प्रदेश प्रहरी कार्यालय तथा संघिय प्रहरी ईकाई कार्यालय जनकपुरबाट संयुक्त रुपमा थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्