Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजाविरुद्ध प्रदर्शन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २, २०७७
In अन्तराष्ट्रिय
0

साउन २ गते , वार्सा ।

 पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरूले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट विरोध प्रदर्शनसहित सर्वोच्च अदालतमा उजुरीसमेत दायर गरिएको छ ।

उजुरीमा वर्तमान राष्ट्रपतिसमेत रहनुभएका र अहिलेको निर्वाचनबाट फेरि निर्वाचित भएको घोषणा गरिएका अन्ड्रजेज डुडाको पक्षमा धाँधली गरिएको उल्लेख गरिएको छ । उनीहरूले अहिलेको नतिजालाई अस्वीकार गरिने घोषणासमेत गरेका छन् ।

गत आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डुडाको पक्षमा ५१.०३ प्रतिशत र अर्का उम्मेदवार त्रजास्कोवस्कीको पक्षमा ४८.९७ प्रतिशत मत परेको घोषणा गरिएको थियो । दुई उम्मेदवारका बीचमा झिनो मतान्तर देखिएकाले पनि विवाद चर्किएको र केही धाँधलीको आशङ्का गर्न सजिलो भएको विश्लेषकहरूले बताएका छन् ।

चुनाव प्रचारप्रसार अभियानका क्रममा वर्तमान राष्ट्रपति डुडाको पक्षमा राज्यका निकायहरू परिचालित भएको विपक्षीहरूले आरोप लगाएका छन् । उनीहरूले उजुरीमा यही कुरालाई मुख्य रुपमा उल्लेख गरेर धाँधली भएको जिकिर गरेका हुन् ।

विपक्षीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दल सिभिक कोलिसनका सांसद बार्बारा नोवाचाले भन्नुभयो, “डुडाको पक्षमा राज्य शक्ति र श्रोत साधन नै परिचालन गरिएकाले धाधली भएको स्पष्ट देखिएको छ, त्यसैले हामीले यसलाई अस्वीकार गर्ने भएका हौँ ।”
पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म र साना विपक्षी दलहरू मिलेर सिभिक कोलिसन बनाएका छन् । [ साभार : रासस ]

  • 37shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

अशोज २०, २०८२
अन्तराष्ट्रिय

नेपालमा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीको संवेदना : ‘सहयोगका लागि भारत सधैं तयार’

अशोज १९, २०८२
अन्तराष्ट्रिय

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

अशोज १२, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, भारतको सहयोग निरन्तर रहने

अशोज २, २०८२
अन्तराष्ट्रिय

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

अशोज २, २०८२
अन्तराष्ट्रिय

इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ पत्रकारको मृत्यु

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend