२१ साउन : ओखलढुङगा, चिशंखुगढी गाउँपालिका-१ ठुलीबेसी बस्ने १९ वर्षीय लोकराज अधिकारीलाई एक ६ वर्षीया अबोध बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ । अधिकारीले सोमबार साँझ ती बालिकालाई चकलेट दिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै कैलालीका टिकापुर नगरपालिका-६ बस्ने २८ वर्षीय सुमन कुमार चौधरीलाई ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको छ । चौधरीले साउन ५ गते ती महिलालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भजनी नगरपालिका-४ खैलाडबाट उनीलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्