९कात्तिक,सुर्खेत :भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारस्थित सडकबाट करिब ७ ग्राम १ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बीरेन्द्रनगर नगरपालिका-३ बस्ने १९ वर्षीय पृतम शाही र सोही स्थान बस्ने २२ वर्षीय उत्सब जिसी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदैँ गरेको बा.४ ख १९६२ नम्बरको गाडीलाई जाँच गर्नेक्रममा गाडीमा सवार शाहीको पाइन्टको भित्री भागमा लुकाई राखेको अवस्थामा उक्त परिमाणको पदार्थ बरामद भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्