Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सोह्र खेलमैदानको स्तरोन्नति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १९, २०७७
In खेलकुद
0


१९ कात्तिक , कास्की : पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् । ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथा भलिबल खेल खेल्न योग्य बनाइएको छ ।    

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बजेटबाट गत आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाका विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएका जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।  ती पूर्वाधारका लागि गत वर्ष रु दुई करोड २० लाख हाराहारीमा लगानी भएको बताइन्छ । भलिबल, फुटबललगायतका खेललाई प्राथमिकता दिएर पूर्वाधार निर्माण भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले विद्यालयस्तरदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य लिएको छ, सोही अनुसार सम्भाव्य स्थलदेखि विद्यालयका खेलमैदानसमेत स्तरोन्नति गरेर गाउँ गाउँमा पूर्वाधार निर्माण भइरहेका छन् ।”    

पोखरा महानगरपालिका–२३ बाम्दीमा रु ५० लाख लागतमा भलिबल कोर्टसहित एक हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ । कोर्ट निर्माणबाट खेलकूद गतिविधि बढ्ने विश्वास जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पोखरा महानगरकै वडा भए पनि दुर्गम क्षेत्रमा निर्माण गरिएको भलिबल खेल पूर्वाधारले गाउँमा समेत खेलकूदको माहोल बढाउने विश्वास लिएका छौँ ।” भलिबल कोर्ट निर्माणमा वडा कार्यालयले जमिन उपलब्ध गराएको र स्थानीयवासीले श्रमदान गरेको बताइन्छ ।   

 

त्यसैगरी पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ को घान्द्रुकमा आइअल्टिच्युड खेल मैदान निर्माण गरिएको छ । राखेपले गत वर्ष उपलब्ध गराएको रु ५० लाख बजेटबाट सो मैदान निर्माण गरिएको हो । घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदान स्तरोरन्नति गरी हाइअल्टिच्युड फुटबल मैदान निर्माण गरिएको हो । उच्च पर्वतीय खेलकूदका माध्यमबाट खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।    

जिल्ला खेलकूद विकास समितिका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा रु १५ लाख लागतमा खेलमैदान निर्माण गरिएको छ । अन्नपूर्णकै वडा नं १ को सिर्जना माविमा रु आठ लाखमा खेलमैदान, पोखरा–१४ मझेरीपाटनमा रु आठ लाख लगानीमा सामुदायिक व्यायामशाला, पोखरा–३१ मा रु आठ लाखमा बेगनास खेलकूद मैदान, पोखरा–१६ मा रु आठ लाख लागतमा बाटुलेचौर खेल मैदान र पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा खेल मैदान स्तरोन्नति गरिएको छ ।    

यसैगरी पोखरा–२१ र पोखरा–१३ मा रु आठ÷आठ लाख लगानीमा खेल मैदान निर्माण गरिएको छ । पोखरा–२४ र पोखरा–१८ सराङकोटस्थित शान्त माध्यमिक विद्यालयमा रु पाँच÷पाँच लाख लागानीमा खेल मैदान निर्माण गरिएको बताइन्छ ।    

पोखरा–२२ को उल्लेखरी खेल मैदान, वडा नं १८ मा सेती खेलमैदान, माछापुच्छ«े–२ मा गैराखरी र पोखरा–१९ को काउरे खेल मैदानका लागि रु आठ÷आठ लाख लगानी भएको कार्यालय प्रमुख बरालले जानकारी दिनुभयो ।  

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

खेलकुद

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

फाल्गुन १४, २०८२
खेलकुद

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

माघ २९, २०८२
खेलकुद

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२
खेलकुद

जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

अशोज २७, २०८२
खेलकुद

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

अशोज २४, २०८२
खेलकुद

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

साउन ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend