Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गोरु व्यापारीसहित छ जुवाडे पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १९, २०७७
In अपराध
0

१९ कात्तिक,सर्लाही: जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

प्रसिद्ध गोरु व्यापारी सिंह, बरथवा नगरपालिका–६ का रामप्रमोद महतो, बरथवा नगरपालिका–५ का महमदहसन कवारी, बरथवा नगरपालिका–७ का गोविन्द साह (दिनेश), सोही ठाउँका रामानन्द दास र बरथवा नगरपालिका–१६ का मनोज राय मङ्गलबार साँझ पक्राउ परेका प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो ।

जुवाको खालबाट पक्राउ परेका उनीहरुको साथबाट रु ६० हजार ९९५ नेपाली र भारु पाँच हजार २०० बरामद भएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो । गोरु व्यापारी सिंहले सर्लाहीदेखि झापासम्मका प्रहरीलाई मिलाएर गोरुको नाममा गाई निर्यात गर्ने गरेको समेत खुल्न आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सिंहले कात्तिक ५ गते ना६ख ७६३९ नम्बरको ट्रकमा १८ वटा गाई र १३ वटा गोरु लोड गरी बाहिर निर्यातका लागि पठाएका थिए तर सामाजिक अभियानकर्मीले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरीलाई बुझाएका थिए । प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ ।

तराईको सबै प्रहरी अधिकृत इन्चार्जहरुसँग गोरु व्यापारी सिंहकोे राम्रो सम्बन्ध रहेकाले गोरु बजारहरुमा सङ्कलन केन्द्रको रूपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भइरहेको छ भने प्रहरी मौन देखिएको बताइएको छ ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२
अपराध

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

मंसिर २०, २०८१
अपराध

पक्राउ परि जेल गए गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे

कार्तिक २७, २०८१
अपराध

बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जन माथि दिनदहाड़ै गोली प्रहार

कार्तिक २५, २०८१
अपराध

तीनवटा भारतीय कार सहित चालकहरु प्रहरी नियन्त्रणमा

भदौ २३, २०८१
अपराध

दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

भदौ २३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend