२२कात्तिक,धनुषा: जनकपुरधाम उपमहानगरपालिका-४ स्थित डि.के.होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय गणेश साह,बेचन साह संगै वडा नं.५ का (होटल साहु) दिलिप मण्डल,शिवु मण्डल,कैलाश प्रसाद गुप्ता,वद्री साह र वडा नं.२ का विनय साह तथा वडा नं.१ का संजिप ठाकुर लाई नगद १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ र ३ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा निम्न ८ जना मानिसहरु समेतलाई नियन्त्रणमा लिई धनुषा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्