Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कक्षा १२ को परीक्षा उत्साहजनक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ९, २०७७
In समाज
0

९मंसिर,भक्तपुर: कोभिड–१९ कारण वैशाखदेखि रोकिएर हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहजरुपमा सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले होम सेन्टर, घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने गरी व्यवस्थापन गर्दै परीक्षामा सामेल हुने विद्यार्थीको अनिवार्यरुपमा ज्वरो नाप्ने, मास्क लगाउने, एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राखेर भौतिक दूरी कायम गराई पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गराएर देशभर सफल रुपमा सञ्चालन भएको पहिलो दिनको परीक्षाले उत्साह थपेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।

विद्यालयले हेल्थ सेन्टर राख्नुपर्ने नियम पालना गराए पनि कोभिड सङ्क्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ । आजदेखि आगामी १६ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टा समयको छ । परीक्षामा देशभरका चार हजार १०५ विद्यालयमा चार लाख ३२ हजार ५०० विद्यार्थीले परीक्षा दिएका थिए । कोरोनाका कारण बोर्डले यस वर्ष ४० प्रतिशत अङ्क कक्षा ११, २० प्रतिशत अङ्क कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट र ४० प्रतिशत अङ्कका लागि मात्रै परीक्षा सञ्चालन गरेको हो ।

स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको परीक्षामा सहभागी परीक्षार्थीसँगै केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ । बोर्डले हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पुर्याए पनि अन्य जिल्लामा भने विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाएको अर्यालले जानकारी दिनुभयो । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्ड पठाएर कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था गरिएको थियो ।

अनिवार्य विषयका करिब पाँच सेट प्रश्नत्रप तयार पारेको र परीक्षा सञ्चालन कार्यविधि बनाएर बोर्डले परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिएको थियो । परीक्षा अनुगमन र निगरानीका लागि बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरिएको र बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेल, सदस्य सचिव अर्याल, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा र तीनै सुरक्षा निकायका अधिकारीले सो रुमबाट परीक्षाको अवस्थाबारे सोधपुछ गर्ने व्यवस्था गरिएको छ । परीक्षाको प्रदेश परीक्षा कार्यालय, स्थानीय निकायका शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिले परीक्षा अनुगमन गर्ने व्यवस्था गरेको छ ।(रासस)

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend