११मंसिर,जनकपुरधाम(रवि मंडल):शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले जनकपुरधाम लाई सुन्दर, सफा र राम्रो सपना बोक्न उपस्थित सवै जनप्रतिनिधि तथा स्थानीयबासीहरु संग आग्रह गरेका छन् । पौराणिक नगरी जनकपुरधाम सुन्दर, सफा र राम्रो भएन भने जनकपुरधामबासीहरुको पहिचान गुम्ने भएकाले यि तीन संकल्प सहित अगामी रणनीति बनाउनका लागि आग्रह गरेका छन् ।

बिहीवार जनकपुरधाम पुगेका मन्त्री श्रेष्ठलाई जनकपुरधाम उप–महानगरपालिकामा आयोजित एक सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले भने–‘‘आफुहरु भूमिगत हुदा जनकपुरको अवस्था एकदम्मै दयनीय थियो । त्यतिवेला देखि केहि दिन पहिला सम्म त्यस्तै अवस्था रहेता पनि स्थानीय सरकार गठन भएपछि जनकपुरधामको मुहार फेरीएको छ’’ । उनले आज जनकपुरधाममा आएर आफुलाई गर्व महसुस भई रहेको बताउदै संघ सरकार जनकपुरधामको विकासको लागि तत्पर रहेको भनेका छन् ।

जनकपुरधामको विकास निर्माण देखेर खुशी भएका मन्त्री श्रेष्ठले स्थानीय सरकार र संघ सरकार एक अर्कालाई सहयोग गरेर अगामी रणनीति तय गर्नुपर्ने जिकिर गर्दै अगामी दिनमा जनकपुरधामको पोखरीको सौन्दर्यीकरण र सरसफाईमा पनि संघ सरकार उत्सुकता देखाउने बताएका थिए ।सो अवसरमा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लाल किशोर साहले शहरी क्षेत्रमा आइयुडिपीको कार्य सम्पन्न भएको र सो कार्यक्रमलाई जनकपुरधामको अरु वडाहरुमा पनि निरन्तरताको लागि मन्त्री श्रेष्ठ संग आग्रह गरेका छन।

उनले आयोजनाको ३१.५ किलोमिटर नाला र फुटपाथ सहित १२ किलोमिटर सडक कालोपत्रे भई सकेको जानकारी दिएका दिदैं नाला निर्माण भएको जम्मा ३१.५ किलोमिटर सडक मध्ये १२ किलोमिटर एकीकृत सहरी विकास आयोजनावाट र बाँकी रहेको थप सडकहरु सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय धनुषावाट १६.५ किलोमिटर सडक कालोपत्रे भएको बताएका थिए ।प्रमुख साहले मन्त्री श्रेष्ठ संग आइयुडिपीको आयोजना रहेको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र सिद्धार्थनगरमा कार्यसम्पन्न पश्चात थप निर्माण कार्यकोलागि रिजनल अरवन डेभलपमेन्ट प्रोजेक्ट लागु भएको तर जनकपुरधाममा लागु नभएकोले सो आयोजना लागु गरिदिनकालागि आग्रह गरेका थिए ।

त्यस्तै बस पार्क निर्माण, जलाद नदी कोरिडोर निर्माण, बजेटको अभावमा कार्य शुरु हुन नसकेको प्रोजेक्टहरु संचालन, ९ वटा ग्रामीण वडाहरुमा कम्तिमा एक,एक पोखरीको सौन्दर्यीकरण, ग्रामीण सडकहरुको निर्माण, नालानिर्माण भई बाँकी रहेको तीन किलोमिटर सडक कालोपत्रे, नयाँ कार्यालय भवन निर्माणकालागि थप बजेट, तेलहा मरहा पोखरीको सौन्दर्यीकरण कार्यकोलागि विभागवाट बोलपत्र आह्वान भई हाल सम्म कार्य शुरु हुन नसकेको,२५ किलोमिटरमा नाला र सडक कालोपत्रे हुन बाँकी रहेकोले यो कार्यहरु गरिदिनकालागि मन्त्री श्रेष्ठ संग आग्रह गरेका छन् ।(तस्विर:दिपेश साह)






















आफ्नो प्रतिकृया दिनुहोस्