Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पाँच सयको सामानमा अढाइ लाख जरिवाना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १२, २०७७
In व्यापार
0

१२मंसिर,बिरगञ्ज: भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपास स्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले रु ५०० मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा सो कम्पनीले रु दुई लाख ५१ हजार जरिवाना तिर्नुपरेको छ ।

सो सप्लायर्स नीरजकुमार गुप्ताको नाउँमा दर्ता भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवको नेतृत्वमा गएको टोलीले सो फर्ममा छापामार्दा उक्त मूल्य बराबरको भारतको बैंग्लोरमा रहेका निल पर्फुमरी वर्कसमा निर्मित केवडा, चम्पा र रजनीगन्धा नाम गरेको अगरबतीको खाली खोल बरामद गरेको थियो । स्थानीय केही अगरबत्ती बनाउने कम्पनीले भारतमा निर्मित चर्चित अगरबत्तीको खाली खोल ल्याएर त्यसभित्र स्थानीयस्तरमा उत्पादित अगरबत्ती प्याकिङ गरी बिक्री वितरण गरिहरेको सूचनाको आधारमा सो फर्ममा छापामारी मार्दा अगरबत्तीको खाली खोल भेटिएकाले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलीप खंग खत्वेले राससलाई बताउनुभयो ।

अनुगमन टोलीले उक्त फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम उपभोक्तालाई ढाटेर, झुक्याएर बिक्री गरेको कसुरमा सोही ऐनको दफा ३९ को खण्ड (घ) बमोजिम २ लाख ५१ हजार जरिवाना गरिएको बताइएको छ । टोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षण पुष्कर भण्डारीको सहभागिता थियो ।

यस सम्बन्धमा थप जानकारीका लागि फर्मका प्रोप्राइटर नीरजकुमार गुप्तासँग सम्पर्क गर्दा हामीसँग खरिद गरेको भ्याट बिललगायत आवश्यक सबै कागजात भए पनि पसल बाहिर रहेका कामदारसँग सो अगरबत्तीको खाली खोल समातेकाले यसमा हाम्रो संलग्नता नरहेको स्पष्ट पार्नुभयो । यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको घुमुवा प्रहरी टोलीले मीनाबजारको टांगा स्टेण्डमा रहेको राजकुमार प्रसादको गोदाममा प्रहरीले छापामारी तस्करी भई आएका करिब १६ बोरा प्याज नियन्त्रणमा लिएको छ । भारतले अन्य देशमा प्याज निकासीमा रोक लगाएपछि अहिले भारतीय बजार रक्सौलबाट क्यारियरमार्फत तस्करीका प्याज वीरगञ्ज बजारमा आउने गरेका छन् ।(रासस)

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend