२१पुस,जनकपुरधाम:(रवि मंडल) जनकपुरधाम ९ स्थित प्रदेश अस्पताल निर संचालनमा रहेको सार्वजनिक शौचालयमा चोरी भएको छ ।सो चोरी शौचालय को शटरमा लगाएको ताल्चा तोडी त्यहाँ बाक्सा मा राखिएको खुद्रा पांच, दस तथा बिस गरि जम्मा ९३५ नौ सय पैतिश रुपैया चोरी भएको हो। बाह्रबिघाको (रंगभूमि मैदान) दक्षिण पुर्व कुना मा बृहतर जनकपुर क्षेत्र विकास परिषद बाट निर्माण गरिएको ४२ कोठे शौचालयलाई अहिले एक निजि क्षेत्रले संचालन गरिरहेको छ।

उक्त चोरी घटना बारे सो क्षेत्र हेर्ने जानकी मन्दिर प्रहरी चौकी(धनुषा)मा जानकारी गराइएको थियो । प्रहरी चौकी इन्चार्ज द्वारा यस बारे छानबिन गरिने बताइएको छ। बृहतर जनकपुर क्षेत्र विकास परिषदले बाह्रबिघामा (रंगभूमि मैदान) चार वटा ठुलो ढोकाको निर्माण पनि गरेको छ। तर अहिले उक्त ढोका लावारिस अवस्थामा रहेको कारण समुचा रंगभूमि मैदान को स्थिति दयनीय रहेको स्थानीय हरु ले बताएका छन्।



जनकपुरधाममा रहेको एक मात्र खुला मैदान लाई केहि असामाजिक तत्वहरुले खुला दिसा- पिसाब गर्ने ठाउँ बनाएको र त्यसमा अनेक प्रकारको फोहर फाल्ने कार्य समेत गरि रहेका छन्।बृ.ज.क्षेत्र विकास परिषदले बाह्रबिघामा बनाएको चार वटा ढोका मध्ये ३ वटा ढोका बन्द गर्ने तथा १ वटा ढोका अति आवश्यक कार्यहरुको मात्र लागि खोल्ने गरेका थिए।

तर केहि नाम गरेका व्यक्तिहरुले सबै ढोका खोल्न आग्रह गरेका कारण अहिले बाह्रबिघामा अनेक खुद्रा व्यापारी हरु स्थाई रुप मै पसल संचालन गरेको तथा सानो ठुलो सवारी साधन हरुको अवैध पार्किंग सजिलै संग हेर्न पाइन्छ।






















आफ्नो प्रतिकृया दिनुहोस्