१माघ,महोत्तरी : मटिहानी नगरपालिका-८ चिउरामिलबाट १ थान कुटवा पेस्तोल र १ राउण्ड गोली सहित धनुषा जनकपुर उपमहानगरपालिका-१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।(तस्विर: फाइल)



















आफ्नो प्रतिकृया दिनुहोस्