२माघ,रुपन्देही :५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी समेत कुटपिट गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-१३ बभनी बस्ने बाणगंगा नगरपालिका-१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।ती बालिकालाई जबरजस्ती करणी तथा कुटपिट गरी घाइते बनाई छाडेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरेको हो । बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्