१७माघ,काठमाडौँ: वाग्मती नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुने स्थित नदी किनारमा सफाईका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई रु दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु. ५०० जरिवाना गरिएको एक सफाई अभियानकर्मी गोविन्द काफ्लेले बताएका छन् ।

गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो ।जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्