Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गायब रहेका श्रीमान श्रीमती काण्ड ? डी.आई.जी.पी.ले जानकारी लिए ।।

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १५, २०७७
In समाचार
0

१५ महोत्तरी (आशिष कुमार मंडल):महोत्तरी स्थित पिपरा गाउँपालिका वार्ड नं ५ को सहोडवा बाट रहस्यपूर्ण ढंगले गायब पारिएका वृद्ध दम्पति मुसाफिर झा तथा उनका पत्नी गीतादेवी को खोज तलाश को प्रक्रिया दिन प्रतिदिन जटिल बन्दै गएको बेला प्रदेश २ का डी.आई.जी.पी. धिरज प्रताप सिंह आफैले आज बिहान घटना स्थलमा पुगेर अनुसन्धान बारे आवश्यक जानकारी लिएका छन्।घटना स्थलमा उनलाई महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबाहदुर के. सी. ले घटना बारे ब्रिफिंग गरेका थिए।

आई.जी.पी.सिंहले गायब रहेका मुसफिर झाको छोरा ,बुहारी लगायत अन्य परिवारजन हरु संग साधरण सोधपुछ समेत गरेका थिए।सोहि क्रममा प्रदेश २ का प्रहरी प्रमुख सिंहले महोत्तरीका एस.पी. टीकाबाहदुर के.सी.तथा तथा सक्रिय रहेका खुफिया विभागका खोज टोलिहरु लाई पिपरा प्रहरी चौकीमा एक मिटिंग बीच विशेष निर्देशन दिएको बुझिएको छ।निर्देशन पश्चात वृद्ध श्रीमान श्रीमतीलाई मारेर पोखरीमा फालेको आशंकामा प्रहरीका एक दलले सहोडवाको पोखरीहरुमा जाल फालेर खोज तलाश समेत गरेका थिए।

घटनामा संलग्न रहेको शंकामा महोत्तरी प्रहरीले स्थानीय सहोडवाका केहि व्यक्तिहरु लाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा झिकाई गहन सोधपुछ गरि रहेका छन्। शंकामा शमिल व्यक्तिहरुको ब्लड सैम्पलको नमुना जांच भएर अहिले सम्म नआएको हुँदा जांच बुझमा १,२ दिनको मात्र देरी लाग्ने सक्ने भएकोले अब अपराधी लाई चाडै पता लगाई छाड्ने प्रतिबध्ता डी.आई.जी.पी. सिंहले जनाएका छन्।


तर यस रहस्यपूर्ण काण्ड लाई गम्भीरता पुर्वक जांच गरिरहेका महोत्तरीका तत्कालिन एस.पी. टीका बहादुर केसीको अचानक सरुवा भएको छ। उनको सरुवा गृह मन्त्रालयको नियमित प्रक्रिया मात्र रहेको र यस लाई अन्य कुनै विशेष शंकाको दृष्टिमा नहेर्न अन्य सरोकारवालाहरु संग डी.आई.जी.पी. सिंहले आग्रह गरेका छन्।

एक विवादित जग्गा मुद्दामा गवाही व्यक्ति रहेका पिपरा गाउँपालिका वार्ड नं.५ सहोडवा निवासी मुसफिर झा लाई पत्नी सहित फाल्गुन १० गते राति देखि नै रहस्यपूर्ण ढंगले आफ्नै घरबाट गायब पारिएको छ।

  • 59shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend