Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अब नेपालबाट कानूनी रुपमै फेसबुक विज्ञापन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २७, २०७८
In व्यापार
0

 २७ बैशाख,काठमाडौं : फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको पहिलो आधिकारिक रिसेलर बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ ।यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सीहरूका लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् ।

पछिल्लो समय फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेका छन् । तर अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक्तानी अनौपचारिक रूपमा गरिने हुँदा देशको अर्थव्यवस्थामा क्षति पुग्दै आएको थियो ।फेसबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेको छन् । जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुने गरेको छ ।

फिट र फेसबुकको साझेदारीले फेसबुकमा आउने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिनेछ। यससँगै अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएका प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ ।यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्ने व्यवस्था भएसँगै देशको राजस्व बढाउनुका साथै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिइएको छ । फिट इन्टरनेसनल नेपाली विज्ञापन क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गरेको संस्था हो ।

जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। फिट इन्टरनेसनल फेसबुक विज्ञापनको आधिकारिक बिक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिजनेस मेसेजएज र साउटआउटको पनि बिक्रेता हो ।आफ्नो स्थापनादेखि नै फिटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले उद्योग ठूलो भएसँगै त्यसले सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

यो साझेदारी फिट इन्टरनेसनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धिको विषय भएको उनको भनाई छ । ‘हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्‍याउने साझेदारी गर्न चाहन्छौँ,’ उनले भने ।फिट इन्टरनेसनलले व्यवसायहरूलाई मार्केटिङ र ब्रान्डिङ सम्बन्धी विविध सेवा तथा परामर्श दिँदै आएको छ । नेपालमा डिजिटल मार्केटिङलाई सकारात्मक दिशातर्फ लान फिट इन्टरनेसनल र फेसबुकको साझेदारीले सकारात्मक भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् । यसले नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त गर्नुका साथै आन्तरिक राजश्व विभागको निर्देशिकालाई समेत पालना गरेको छ ।(टेकपाना बाट)

  • 42shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२
व्यापार

श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव

असार १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend