Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

५ वेबसाइट मार्फत सीप विकास सँगै आम्दानीको राम्रो अवसर

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २७, २०७८
In व्यापार
0

२७बैशाख,काठमाडौं : तपाईंमा केही गरेर देखाउने चाह छ, अथवा केही यस्तो गर्न चाहनुहुन्छ, जसबाट तपाईंको प्रतिभाले पहिचान प्राप्त गर्न सकोस् । अहिलेको अनलाइनको युगमा यसका लागि तपाईंले थुप्रै विकल्प फेला पार्न सक्नुहुन्छ ।ग्राफिक डिजाइन तथा इलुस्ट्रेट गर्नेहरुका लागि कयौं अवसरहरु हुन्छन् । इन्टरनेटले विश्वलाई निकै सानो बनाइदिएको छ । तपाईंले यस्ता वेबसाइट फेला पार्न सक्नुहुन्छ, जसले तपाईंलाई फुल टाइम जागिर दिनसक्छन् ।

अथवा अरु कसैलाई काममा लगाउन चाहनुहुन्छ, त्यो पनि सक्नुहुन्छ । यसका लागि सुरुमा तपाईंले आफ्नो प्रोफेसनल प्रोफाइल बनाउनुपर्ने हुन्छ । त्यसमा तपाईंले आफ्नो सीप तथा कामको विषयमा उल्लेख गर्नुपर्ने हुन्छ ।ताकि धेरै भन्दा धेरैले तपाईंको बारेमा थाहा पाउन सकुन् । यी प्लेटफर्मले तपाईंलाई ट्युटोरियलबाट सिक्न र सोसल नेटवर्क बनाउने कार्यमा सहयोग पुर्‍याउनेछन् ।

१. डेभियन आर्ट डटकम

२१ वर्ष पुरानो यो वेबसाइटले क्राफ्ट, डिजिटल आर्ट, फोटोग्राफी जस्ता क्षेत्रमा लाग्ने प्रतिभालाई बढावा दिने गर्दछ । यसमा निःशुल्क रुपमा अकाउन्ट खोल्न सकिने सुविधा छ ।यसबाट अन्य कलाकार तथा सिर्जनशील व्यक्तिहरुसँग सम्पर्क बनाउन सकिन्छ । आफ्नो कामका लागि नयाँ आइडिया लिन सकिन्छ । अन्य प्रयोगकर्तालाई फलो गरेर मन परेका आर्टवर्क डाउनलोड गरेर राख्न सकिन्छ ।यसमा तपाईंले कमेन्ट, ईमोजी र ब्याजका माध्यमबाट आफ्नो नेटवर्क विस्तार गर्न सक्नुहुन्छ । साथै आफू काम गर्न तयार रहेको बताउन सक्नुहुन्छ ।

२. आर्टस्टेसन

यसमा पाँच प्रकारका अकाउन्ट बनाउन सकिने सुविधा छ । साथै ७० प्रकारका जनरा अर्थात रुची अनुसार छनौट गर्न सकिन्छ ।यो प्लेटफर्ममा ११ प्राइमरी सेक्सन छन्, जसमा सफ्टवेयर तथा डिजिटल सम्पत्तिका लागि मार्केटप्लेस जस्ता फिचर पाउन सकिन्छ ।डिजिटल प्लेटफर्ममा प्रतिस्पर्धाका म्यागेजिन पाउन सकिन्छ । यसमा पडकास्ट समेत हुन्छन्, जसमा कलाकारका लागि व्यापार गर्ने वा आम्दानी गर्ने तौर तरिकाको बारेमा चर्चा हुने गर्दछ ।

३. ड्रिबल डटकम

यसमा तीन प्रकारका अकाउन्ट हुन्छन् । कुनै कलाकारसँग सम्पर्कमा रहनका लागि वर्गअनुसार उनीहरुलाई सर्च गर्न र हायर गर्न सकिन्छ । याे वेबसाइटमा कलाकारले स्वयम्‌लाई प्रवर्द्धन गर्न सक्छन् ।काम गर्नका लागि उपलब्ध रहेको वा नरहेको उल्लेख गर्न सक्छन् । यी सबै चिज ड्रिबलमा निःशुल्क रुपमा उपलब्ध छन् । जब कि आर्ट स्टेसन र बिहेन्स डट नेटमा यस्ता फिचरका लागि रकम तिर्नुपर्ने हुन्छ।

४. इल्लो डट को

यसले रचनात्मक ब्रिफिङको माध्यमबाट ब्राण्डका साझेदार, एजेन्सी र प्रकाशकलाई छनौट गर्दछ । उनीहरुको रुची अनुसार उत्पादन उपलब्ध गराउँछ ।जो सबैभन्दा राम्रो काम गर्नका लागि छनौट हुन्छ, उसलाई पुरस्कार दिइन्छ । यसमा गिभअवे समेत सञ्चालन गरिन्छ । जसले इल्लोका कलाकारलाई सहायता दिने गर्दछ ।गिभअवे हप्तामा तन पटक हुने गर्छ । साइटका सदस्यबाट उनीहरुको आर्ट खरिद गरिन्छ । जुन कम्युनिटीमा निश्चित छनौटमा परेका व्यक्तिमाझ त्यसलाई बिक्री गरिन्छ ।

५. बिहेन्स डट नेट

सन् २००५ मा सुरु भएको यो वेबसाइट ग्राफिक डिजाइन, फोटोग्राफी, इलुस्ट्रेसन, आर्किटेक्चर, प्रडक्ट डिजाइन, फाइन आर्ट्स, गेम डिजाइनमा केन्द्रीत छ । साइटमा जब सेक्सन पनि छ, जहाँ फुल टाइम रोजगारीको अवसर प्राप्त हुन्छ ।(टेकपाना बाट)

  • 45shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend