७ जेठ,काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चिकित्सकहरुलाई एक महिना सम्म निःशुल्क मोबाइल सेव उपलब्ध गराउने भएको छ । कम्पनीले कोरोना भाइरसको महामारीमा अहोरात्र खटिने डक्टरहरुलाई प्रोत्साहन स्वरुप यस्तो सुविधा दिन लागेको हो ।
यद्यपी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले मात्र टेलिकमको यो सुविधा पाउने छन् । काउन्सिलले एक महिना अवधिका लागि अनलिमिटेड एनटीसी भ्वाइस प्याक लिनका लागि इच्छुक चिकित्सकहरुलाई सम्पर्क गर्न जानकारी गराएको छ ।
यो सुविधा लिनका लागि चिकित्सकको मोबाइल नम्बर नेपाल टेलिकमबाट जारी गरिएको हुनुका साथै सो नम्बर सम्बन्धित चिकित्सक स्वयंकै नाममा दर्ता भएको हुनुपर्नेछ ।चिकित्सकहरुले यहाँ क्लिक गरी टेलिकमको निःशुल्क भ्वाइस प्याक सेवाका लागि अनुरोध फाराम भर्न सक्नेछन् । (टेकपाना बाट)
आफ्नो प्रतिकृया दिनुहोस्