Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सभामुख द्वारा पूर्वसभामुख सँग राय परामर्श

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ११, २०७८
In राजनीति
0
सभामुख अग्निप्रसाद सापकोटा मङगलबार संघीय संसद भवनमा  पूर्वसभामुखहरुसँग परामर्श गर्दै ।

सभामुख अग्निप्रसाद सापकोटा मङगलबार संघीय संसद भवनमा पूर्वसभामुखहरुसँग परामर्श गर्दै ।

११जेठ,काठमाडौँ :सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र निकासका सम्बन्धमा पूर्वसभामुखसँग आज परामर्श गर्नुभएको छ । नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनमा उहाँले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे राय परामर्श लिनुभएको हो । छलफलपछि पूर्वसभामुख रामचन्द्र पौडेलले जनप्रतिनिधिको थलो सदनबाटै सबै समस्याको समाधान खोज्नुपर्नेमा सदनभन्दा बाहिर गएर निकास खोज्नुपर्ने परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘एकतातिर व्यवस्था र अर्कातर्फ कारोनाबाट जनताको रक्षागर्नु पर्ने बेलामा चुनावले जनताप्रति धेरै ठूलो आपत्ति वर्षाउँछ । यो परिस्थितिमा अहिले दुवै संकटबाट निकास दिने जिम्मेवारी न्यायालयको बन्न पुगेको छ ।’’ नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले जनताको भावना र मुुलुकको परिस्थितिअनुकूल निकास दिन र संसदका बहुसंख्यको आकांक्षा एवं चाहनालाई बुझेर बजेटपूर्व नै छिटोभन्दा छिटो अदालतबाट निर्णय आउने विश्वास व्यक्त गर्नुयो ।

देशको विशिष्ट परिस्थितिमा संविधान बनेको र हाम्रो संसदीय प्रणाली पनि आफ्नै विशेषताअनुकुलको रहेको उहाँले सविधानको धारा ७६ को ५ मा पुगेपछि दलीय व्यवस्थामा सांसद पनि आफनो स्वविवेकीय अधिकार राख्ने हैसियत राख्न सक्छन् भन्ने प्रणालीको विशेषता भएको उल्लेख गर्नुभयो । राजनीतिक विवादबाट उत्पन्न समस्या समाधानका लागि नै राष्ट्र र जनताले संसद निर्माण गरेको स्मरण गराउदैँ उहाँले यस्ता विवादको निकास सदनबाटै आउनुपर्छ, सदनको अस्तित्व भनेको जनताको अस्तित्व हो, जनताको अस्तित्वमाथि कसैले खेलबाड गर्न हुन्न, जनप्रतिनिधिमूलक निकाय सदनबाटै सबै विवादको समाधान खोज्नुपर्छ भन्नुभयो ।

अर्का पूर्वसभामुख ओनसरी घर्तीले प्रतिधिसभा विघटन राजनीतिक विषय भएकाले जनताको प्रतिनिधिमूलक निकाय सदनको आदेश मान्न सबै तयार हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘ढजनताले हामीलाई पाँच वर्षका लागि निर्वाचित गरेर कानून निर्माण र विकासका लागि पठाएका हुन् । हामीले जनताको आदेश मान्नुपर्छ, जनताको आदेशलाई सर्वाेपरी गर्न सदनमार्फत सबै विषयको छिनोफानो गर्न सबै तयार रहनुपर्छ ।’’

सो अवसरमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र सदनको रक्षाका लागि लोकतान्त्रिक विधि र प्रकृयाभित्र रही कुनै पनि कदम चाल्न तयार रहेको बताउनुभएको थियो ।पूर्वसभामुख कृष्णबहादुर महरा, घर्ती र पौडेल छलफलका लागि बानेश्वर पुग्नुभएको थियो भने पूर्वसभामुख तारानाथ रानाभाट भर्चुअल माध्यमबाट सहभागी हुनुभयो । पूर्वसभामुखहरु दमननाथ ढुङ्गाना र सुवासचन्द्र नेम्बाङ भने उपस्थित हुनुभएन । सभामुख सापकोटाले दलका प्रतिनिधि, सांसद र कानून व्यवसायीसँग पनि परामर्श गर्नुहुने जनाइएको छ । (रासस)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२
राजनीति

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२
राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२
राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२
राजनीति

GEN-Z को माग जायज रहेको एमाले नेता महासेठको दाबी

अशोज ३, २०८२
राजनीति

पूर्व-प्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

भदौ २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend