Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रतिगामी प्रवृत्तिका विरुद्ध बुद्धले झैँ विद्रोह गरौँ :अध्यक्ष दाहाल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १२, २०७८
In राजनीति
0

१२ जेठ,काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी नै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताउनुभएको छ । आज २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न आह्वान गर्नुभएको छ ।

बृहद् जनसमुदायको भावना र आकाङ्क्षा विपरीत सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औँ शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने भन्दै उहाँले द्वन्द्व र अहंकारले मानिसमा विनाश निम्त्याउने बताउनुभएको छ । गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि प¥याउनुभएको योगदान नेपालीहरुका लागि गर्वको विषय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व शान्ति र मानव कल्याणका निम्ति बुद्धका उपदेश आज पनि उत्तिकै शाश्वत रहेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले आजकै दिन परेको किराँत राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । कोरोना भाइरसको महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न पनि उहाँले आग्रह गर्नुभएको छ । (रासस)

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

भट्टराईको आरोप: “तीन नेताहरू छोटे राजाजस्तै देखिन खोज्दै”

चैत्र ५, २०८१
राजनीति

देश बचाउन र बनाउन राजा तथा जनताको साझेदारी आवश्यक : कमल थापा

फाल्गुन ९, २०८१
राजनीति

पूर्व-राजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन :गगन थापा

फाल्गुन ९, २०८१
राजनीति

रवि लामिछाने संग सरकारले अमानवीय तथा प्रतिशोधपूर्ण व्यवहार गर्यो : प्रचण्ड

मंसिर २४, २०८१
राजनीति

शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : प्रचण्ड

मंसिर २२, २०८१
राजनीति

दुर्गा प्रसाईं जस्ता शक्तिहरु एक ठाउँमा आउनुपर्छ : कमल थापा

मंसिर १७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend