Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोरोना कहरबीच महोत्तरीमा धानखेतीको चिन्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १२, २०७८
In समाज
0

१२ जेठ,जलेश्वर : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ८ बजराही गाउँ बस्ने किसान रामआश्रय मण्डललाई धानखेती कहिले थाल्ने भन्ने चिन्ता शुरु भएको छ । उनी दुई विगहामा धानखेती गर्ने किसान हुन् । प्रत्येक वर्ष धानखेतीबाटै उनले आफ्नो १७ जनाको परिवार पाल्ने गर्दछन् । यसपालि भने उनलाई धानखेतीको लागि कुनै जोरजाम हुन नसकेकोमा चिन्ता बढेको छ ।

उनीजस्तै उनका छिमेकी रामबाबु चौधरी पनि आफ्नो पाँच विगहा खेतमा यसपालि धान कसरी लगाउने भन्ने चिन्तामा डुबेका छन् । गाउँमा धानखेती गर्नेमा अब्बल मानिने उनलाई पनि अहिले दिनरात यसपालि धानबाली कसरी लगाउने भन्ने पिरलो छ । यस्तै समस्या यही गाउँका असर्फी साहको पनि छ । आफ्नो चार विगहा जग्गामा प्रत्येक वर्ष उनी रोपाइँ गर्छन् । बजराही गाउँका आशनारायण मण्डल, बैजु साह, बद्री झा, श्यामकान्त झा, सुल्तान कवारी, अनिल पाठक जस्ता दर्जनौँ धानखेती गर्ने किसानले कोरोनाको कहरमा धानखेती कसरी गर्ने भन्ने जुक्ति निकाल्दै छन् ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका साथै किसानहरुसँग प्रत्यक्ष सरोकार रहेका कृषि ज्ञान केन्द्र, कृषि तथा बीउ बिजन प्रयोगशाला, खाद्य मल संस्थान, बीउ बीजन तथा मल खाद्य पाउने हाट बजार र पसलहरु अहिले बन्द छन् । यसकारण पनि यहाँका किसान धानखेतीबाट बञ्चित हुने हो कि भन्दै चिन्तामा परेका हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीले कोरोनोको बढ्दो सङ्क्रमण दर र मृत्यु सङ्ख्यालाई मध्यनजर गर्दै गत वैशाख २२ गतेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित यहाँका १५ वटै स्थानीय तहमा जारी गरेको निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको बेला जिल्लाको कुनै पनि हाट बजार, पसल, उद्योग, कल कारखाना र सरकारी कार्यालय समेत सञ्चालनमा नहुँदा किसानहरुले धान खेतीका लागि आवश्यक बीऊ बिजन र मल खाद्य पाउन सकेका छैनन् । बजराहीका किसानजस्तै जिल्लामा धानखेतीका लागि राम्रो मानिएका गौशाला, रामगोपालपुर, औरही, मटिहानी नगरपालिका र एकडारा, सम्सी, सोनमा गाउँपालिकाका किसानहरुको पनि समस्या यस्तै रहेको उनीहरुले बताएका छन् ।

गौशाला नगरपालिका–११ का किसान दिनेश महतोले निषेधाज्ञाका कारण सरकारी कार्यालय सहकारी संस्था तथा हाट बजारमा यसपालि धानको बीऊ नआएको र बीऊ नहुँदा आफूले ब्याड तयारी गरेर पनि अहिलेसम्म बीऊ छर्न नपाएको बताउनुभयो । उहाँजस्तै स्थानीय हजारी साहले आफूले यसपालि धानखेती गर्ने सबै खेतहरु पहिलेदेखि नै खनजोत गरी तयार गरिसकेको भएपनि ती खेतमा लगाउने बीऊ अहिलेसम्म खसाल्न नपाएको सुनाउनुभयो ।

सरकारी अनुदानमा आउने उन्नत जातका बीऊ र मल यसपाली आफूले कोरोनाको निषेधाज्ञाकै कारण ल्याउन नपाएको बताउँदै अब कहिले ल्याउने, कहिले छर्किने र कहिले ब्याड तयार गर्ने भन्दैछन् यहाँका किसान । त्यसैगरी जिल्लाको सीमानाकामा अवस्थित सोनमा गाउँपालिका– ४ का किसान बिकाऊ यादवले सरकारले हाम्रो सरोकारको कृषि कार्यालय, मल खाद्य संस्थान र जिल्लाका हाट बजार बन्द गर्नुका साथै भारतसँगको सिमानाका समेत पूर्ण रुपले बन्द गरेकोले समस्यामा परेको बताए ।

किसानहरु यसपाली निषेधाज्ञाले गर्दा भारतीय बजारमा पनि पुग्न सक्ने कुनै बाटो नभएकोले यसले धानखेतीमा समस्या थप्ने बताउँछन् । महोत्तरी जिल्लामा जम्मा ७१ हजार ५१७ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ४४ हेक्टर जग्गामा धानखेती हुने गर्दछ । यसले पनि वर्षभरि खान भने पुग्दैन । यसपाली त झन् यो सबै जग्गामा पनि खेती गर्न सकिने अवस्था देखिएको छैन । किसानहरुले आफ्नो खेत खनजोत गरी तयार गरिसकेका छन् । जेठ महिनाको पहिलो र दोस्रो सातामा नै प्रत्येक किसानले बीऊ छर्ने बेला हो ।

बेर्नाका लागि बीउ छर्न नै उनीहरुले पाएका छैनन् । कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका प्रमुख डा.रामचन्द्र यादव किसानहरु अहिले नै बीऊ छर्न सकेन भन्ने यसपालि जिल्लामा धान रोपाईमा समस्या हुने बताउनुभयो । उहाँले सो कार्यालयमा किसानहरुलाई ‘उन्नत बीऊ बीजन वितरण गर्ने कार्यक्रम’ नरहेको पनि बताउनुभयो । उहाँले जिल्लामा व्यवसायिक रुपमा धान खेती गर्ने किसानहरुले बीऊ उत्पादन गर्ने फारामहरुबाट बीऊ खरिद गरी ल्याएमा कार्यालयले ५० प्रतिशत रकम अनुदान दिने बताउनुभयो ।

उहाँले आफूहरुले कार्यक्रम नै नरहेको अवस्थामा सो कार्यालयमा बीऊ बिजन नआएकोले यस कार्यालयले किसानहरुलाई बीऊ बीजन उपलब्ध गराउन नसकेको बताउनुभयो । त्यसैगरी महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसँग किसानहरुले समस्याका बारेमा जानकारी गराउँदै बीऊ बिजन र मलका लागि कृषि कार्यालय, कृषि सम्बन्धी हाट बजार, मल खाद्य पसल तथा कृषि प्रयोजनकै लागि स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर भारत आऊजाऊको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

किसानहरुले पनि आफ्नो मागको सम्बन्धमा आ–आफ्ना स्थानीय निकाय (पालिका) का जनप्रतिनिधिसहित प्रदेश र केन्द्रका जनप्रतिनिधि, किसान र कृषिसँग सम्बन्धित सम्पूर्ण कार्यालय, मन्त्रालय विभाग तथा सरोकारवाला सबैको ध्यानाकर्षणका लागि आग्रह समेत गरेका छन् । किसानहरुले जिल्लामा बीऊ र मलको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । साथै उनीहरुले अहिले धान उब्जनी नगरे आउँदा दिनमा खाद्य सङ्कट हुने भन्दै सबैको ध्यानाकर्षण गराएका छन् । (रासस)

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२
समाज

बुद्धिजीवी संगठन द्वारा बाढी पहिरो पीडित लाई पाँच लाख बढी सहयोग

कार्तिक ७, २०८१
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

कार्तिक ४, २०८१
समाज

सप्तरी बाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

कार्तिक ३, २०८१
समाज

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

अशोज ३०, २०८१
समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

अशोज २९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend