Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जुट्दै सहयोग : महोत्तरीमा सहज बन्दै उपचार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १३, २०७८
In स्वास्थ्य/ सौन्दर्य
0

१३ जेठ, महोत्तरी : कोभिड–१९ महाव्याधि विरुद्ध अग्रपंतिमा रही सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा र संक्रमित बिरामीको उपचार अब क्रमशः सहज बन्दै गएको छ । सुरक्षित रही काममा खट्नु पर्ने स्वास्थ्यकर्मी र बिरामीका उपचारका लागि स्वास्थ्य सामग्री सहयोगबाट जुट्दै गएपछि महोत्तरीमा अब स्थिति क्रमशः सहज बन्दै गएको हो । बुधबार वर्ल्डभिजन इन्टरनेशनल संस्थाले महोत्तरीको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई रु २५ लाखका स्वास्थ्य सामग्री प्रदान गरेपछि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अब उपचार सहज बन्दै जाने र विकराल अवस्था चाँडै नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो ।

“ विभिन्न क्षेत्रबाट सहयोग जुट्दै छ”, जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनु भएका प्रजिअ भट्टराईले भन्नुभयो, “सङ्क्रमण र मृत्यु दर घट्दैछ, निको हुने बढ्दै छन् , सहयोगी हात थपिँदै छन् , अब केही सहज हुँदै जानेछ ।” जिल्ला अस्पताल जलेश्वर, बर्दिबास अस्पताल र गौशाला नगरपालिकाको इमलीबजार स्थित स्वास्थ्यचौकीमा सञ्चालित आइसोलेशन कक्षमा अब अक्सिजनको अभावमा उपचार प्रभावित हुने अवस्था नरहेको प्रजिअ भट्टराईको भनाइ छ ।

विभिन्न संस्था र व्यक्तिले खुला हृदयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री सहयोग बढाउँदै लगेका छन् । सामाजिक क्षेत्रबाट भइरहेको सहयोगले उपचारमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीमा पनि ऊर्जा प्राप्त भएर सेवामा लाग्न हौसला बढेको बर्दिबास अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिलकुमार दाहाल बताउनुहुन्छ । बुधबार जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरमै पुगेर वर्ल्डभिजन इन्टरनेशनलका प्रतिनिधिले प्रजिअ भट्टराईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

प्राप्त सामग्रीमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्परेचर, ७० वटा पिपिइ सेट, एउटा अक्सिजन कन्सन्ट्रेटर, १२ प्याकेट सर्जिकल मास्क, ७२ वटा एन–९५ मास्क, पाँच लिटर स्यानीटाइजर, १२ वटा सोप लिक्विड (हयाण्ड वास) रहेका छन् । यी सामग्रीले बिरामीको सघन उपचारदेखि अग्रपङ्क्तिमा रही सेवा प्रवाह गर्नेहरुको सुरक्षामा सहयोग पुग्ने प्रजिअ भट्टराईको भनाइ छ ।

अक्सिजनको अभावमा उपयुक्त उपचार नपाएर बिरामी भौँतारिनु पर्ने अवस्था अब सामग्री जुट्दै गएपछि अन्त्य हुँदै गएको हो । वैशाख चौथो सातामा समयमा अक्सिजन सहितको उपचार नपाएर कैयौँ बिरामीको मृत्यु भएको थियो । “उपचार दिँदादिँदै पनि कहिलेकाहीँ बिरामीको अवस्था विभिन्न कारणले काबुबाहिर जाने रहेछ”, अहिलेको कोभिड–१९ संक्रमण लहरमा अस्पतालमै बसेर बिरामीको उपचार अवस्था अनुगमन गर्दै आउनुभएका जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डे भन्नुहुन्छ, “तर सामग्रीको अभाव हुन नदिई उपचारमा संलग्न हुन पाउँदा चिकित्सक र स्वास्थ्यकर्मीमा पनि आत्मबल थपिँदो रहेछ ।”

विभिन्न क्षेत्रको सहयोगबाट अहिले सेवा दिन सक्ने अवस्थामा छैनौँ भन्न नपरेको पाण्डे बताउनुहुन्छ । यद्यपि अस्पतालमा भेन्टिलेटरको सुविधा अझै मिलाउन नसकिएको उहाँको भनाइ छ । जिल्लामा अहिले केही दिनयता विभिन्न सङ्घ संस्थाले स्वःस्फुर्त सहयोग बढाएका छन् । बर्दिबास अस्पताललाई पनि बुधबार नै नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले ४० सिलिण्डर अक्सिजन सहयोग गरेको थियो ।

त्यसअघि स्थानीय व्यापारी उमेश साहले पहिलो पटक ५० सिलिण्डर अक्सिजन उक्त अस्पताललाई दिएपछि अस्पतालले आइसोलेशन सञ्चालनमा ल्याएको थियो । जिल्लामा यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख दोस्रो सातासँगै संक्रमण देखिन थालेको हो । गत वैशाख १४ गते यसपालि संक्रमणबाट पहिलो पटक बिरामीको ज्यान गएको थियो । यो क्रम वैशाख चौथो सातादेखि ह्वात्तै बढेर जेठ पहिलो सातासम्म कायम रह्यो । बुधबारसम्म जिल्लामा संक्रमण पुष्टि भएर ज्यान जानेको संख्या ६३ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

पछिल्लो पटक बुधबार एक जनाको मृत्यु भएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो । जिल्लामा यसपालि हालसम्म संक्रमितको संख्या एक हजार ९९२ पुगेको छ । यीमध्ये एक हजार ६६४ मा सक्रिय संक्रमण पाइएको सिंह बताउनुहुन्छ । जिल्लामा यसपालि हालसम्म २६५ जना निको भएर घर फर्केका छन् । गत वर्ष वैशाखदेखि कात्तिकसम्म यो संक्रमणले १८ जनाको ज्यान लिएको थियो भने दुई हजार १४१ सङ्क्रमित भएका थिए । जिल्लामा हाल कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । पहिलोपटक गत वैशाख २२ गतेदेखि लागु भएको निषेधाज्ञा यसबीच दुई पटक अवधि थपेर जेठ २० सम्मलाई बढाइएको छ ।(रासस)

  • 21shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य/ सौन्दर्य

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२
स्वास्थ्य/ सौन्दर्य

तराईका बजारमा विषादी मिसिएका तरकारी प्रशस्तै, धरानमा मात्रै २४ क्विन्टल काउली नष्ट

बैशाख २३, २०८२
स्वास्थ्य/ सौन्दर्य

‘मिस्टर वर्ल्ड २०२४’ मा सहभागी जनाउन सन्तोष लोक्सम भियतनाम प्रस्थान

कार्तिक १९, २०८१
स्वास्थ्य/ सौन्दर्य

मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीले गरे ट्यालेन्ट राउण्ड अन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन

अशोज २२, २०८१
स्वास्थ्य/ सौन्दर्य

‘मिस भिवा’ का प्रतिस्पर्धीहरूको स्विम शुट ग्राउन्ड सकियो

भदौ २३, २०८१
समाचार

अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने

साउन ३०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend