Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राष्ट्रपतिको चरित्रहत्या गर्नेलाई कारबाही गर्न माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १५, २०७८
In समाज
0


१५ जेठ, काठमाडौँ : अखिल नेपाल महिला सङ्घ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीले राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहनुभएका महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति र व्यवहारविरुद्ध एकजुट हुन आग्रह गरेको छ । कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संवैधानिक जिम्मेवारी लिएर निर्वाह गर्ने क्रममा राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहनुभएका महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

कमिटीले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, “संविधानको संरक्षकको हैसियतले राष्ट्रपति संविधानप्रदत्त दायित्व निर्वाह गर्दाका विषयमाथि प्रश्न उठाई केही राजनीतिक दल, केही सञ्चारमाध्यमलगायत विभिन्न सामाजिक सञ्जालमा विभिन्न किसिमका गालीगलौज गर्ने, अपमानित गर्ने, सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने तथा विभिन्न लाञ्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता कार्य निन्दनीय छ ।”

कमिटीका सहसंयोजक थममाया थापाले राष्ट्रपतिजस्तो पदमा रहेर संविधानको संरक्षकको हैसियतले संवैधानिक कामकारबाही गर्दा व्यक्तिगत चरित्रहत्या गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्नुपर्नेमा माग गर्नुभयो ।अनेमसङ्घले शुक्रबार गृह मन्त्रालयमा त्यस्ता कार्यलाई तत्काल रोक्न र यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याई तत्काल कानूनबमोजिम कारबाही गर्नका लागि ज्ञापनपत्र बुझाएको थियो ।(रासस)

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२
समाज

बुद्धिजीवी संगठन द्वारा बाढी पहिरो पीडित लाई पाँच लाख बढी सहयोग

कार्तिक ७, २०८१
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

कार्तिक ४, २०८१
समाज

सप्तरी बाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

कार्तिक ३, २०८१
समाज

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

अशोज ३०, २०८१
समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

अशोज २९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend