Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन न्यूजील्यान्ड भ्रमणमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १७, २०७८
In अन्तराष्ट्रिय
0

१७ जेठ,क्राइस्टचर्च : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन न्यूजील्यान्डको भ्रमणका लागि आइतबार न्यूजील्यान्डको क्वीन्सटाउन आइपुग्नु भएको छ । उहाँलाई न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले स्वागत गर्नु भएको थियो । दुई नेताको लामो समयपछि भएको भेटवार्तामा कोरोनाभाइरस महामारीका कारण लामो समय बन्द गरिएको हवाई यातायातलाई पुनः पूर्ववत रुपमै सञ्चालन गर्ने तथा दुबै मुलुकसँग चीनको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिएपछि कडा प्रतिबन्ध घोषणा गरेको न्यूजील्यान्डको भ्रमण गर्ने मोरिसन पहिलो विशिष्ट नेता हुनुहुन्छ । छिमेकी यी दुबै देशले गत महिनादेखि क्वारेन्टिनमुक्त यात्रा खोलेका थिए । तर हालै मात्र अस्ट्रेलियाको मेलबोर्नमा कोभिड–१९ को संक्रमण देखिएपछि भिक्टोरिया राज्यबाट हुने उडान प्रभावित भएका छन् । न्यूजील्यान्डले यतिबेला क्यान्टरबरी क्षेत्रमा ठूलो वर्षासहितको बाढीको सामना गरिरहेको छ । भिडियो दृश्यहरुमा हेलिकप्टरको सहायताबाट मानिसको उद्धार गरिएको देखाएको छ ।

बाढीले हजारौं घरपरिवारलाई विस्थापित गर्ने खतरा उत्पन्न भएको छ । क्वीन्सटाउनलाई दुबै नेताको भेटघाटका लागि तोकिनुमा यहाँको पर्यटन व्यवसायलाई पुनर्जीवन दिने प्रयास पनि हो । पर्यटकीय नगर क्वीन्सटाउनलाई कोभिड–१९ को महामारीले ज्यादै नराम्रोसँग प्रभावित बनाएको छ । पर्यटन व्यवसायीले अस्ट्रेलियाली पर्यटक यहाँ आउने आशा गरेका छन् । दुबै देशका लागि चीनसँगको सम्बन्ध पनि वार्ताको प्रमुख अजेन्डा हुनेछ ।

अस्ट्रेलियासँग चीनको सम्बन्ध निकै कमजोर अवस्थामा पुगेको छ । अस्ट्रेलिया सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेको सेवालाई अस्ट्रेलियामा प्रतिबन्ध लगाउने तथा कोरोनाभाइरसको उत्पत्तिका सम्बन्धमा चीनमाथि स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरेपछि चीन र अस्ट्रेलियाबीचको विवाद चुलिएको हो । न्यूजील्यान्डले पनि हालैका महिनाहरुमा केही विषयमा चीनको विरोध गर्दै आएको छ । तर चीनसँग अस्ट्रेलियाको भन्दा न्यूजीन्यान्डको सम्बन्ध केही सुमधुर छ ।

न्यूजीन्यान्डकी प्रधानमन्त्री आर्डर्नले मोरिसनसँग कोभिड–१९ को पुनरुद्धारका साथै केही प्रमुख क्षेत्रीय चुनौती एवं सुरक्षा मामिलामा छलफल गर्ने बताउनु भएको छ । उहाँले संवाददाताहरुसँग भन्नुभयो, “अस्ट्रेलियासँग हाम्रो सम्बन्ध अत्यन्त प्रगाढ र ज्यादै महत्वपूर्ण छ ।”(रासस–एपी)

  • 26shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

बैशाख ३०, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

बैशाख २४, २०८२
अन्तराष्ट्रिय

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

बैशाख २२, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend