Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ १८, २०७८
In व्यापार
0

१८ जेठ,काठमाडौँ : पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघलाई निर्देशन दिएको थियो ।

विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता संगठनको रुपमा रहेको संघले उद्योगीले अनुचित ढङ्गबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । संघले सोमबार एक विज्ञप्ती जारी गर्दै व्यवसायीले मूल्यवृद्धि नगरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा बढेको जनाएको हो । ‘संघमा २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल र सनफ्लावर तेल उत्पादन गरी स्थानीय बजारसँगै विदेशमा समेत निकासी हुँदै आएको छ’, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ ।

यसरी मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ, विज्ञप्तीमा भनिएको छ, १६ महिनायता तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।’ सन् २०२० को मार्चमा प्रति मेट्रिक टन ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अवधिमा एक हजार २७९ डलर पुगेको छ ।

यस्तै एक वर्ष अगाडि प्रतिमेट्रिक टन ६५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य एक हजार ५८० भएको छ । एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको संघले दाबी गरेको छ ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

भारतीय बजारमा महंगीयो प्याज, नेपालमा पनि मूल्य उकालो लाग्दै

जेष्ठ २०, २०८२
व्यापार

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२
व्यापार

सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान शुरू

चैत्र ५, २०८१
व्यापार

नेपाल र चीन बीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

पुस १, २०८१
व्यापार

राजविराज विमानस्थलमा बुद्ध एयरको जहाज अवतरण,रात्रीकालिन उडान शुरु 

पुस १, २०८१
व्यापार

२ सय १२ होटल, एकसय ३२ रिसोर्ट र २६ क्यासिनो लाई अनुमति

मंसिर २४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

११ महिनामा ३३ अर्बका साढे २८ हजार ईभी गाडी भित्रिए

असार ७, २०८२

योग दिवसमा ‘वर्ल्ड रेकर्ड’ बनाउने मोदीको तयारी, तीन लाख सहभागी एकैसाथ योगमा सहभागि

असार ७, २०८२

धनुषाको नगराईन न. पा. मा वडाध्यक्षको विरोधमा अनसन

असार ७, २०८२

अभिनेता धर्मेन्द्रले गरे योगको तारिफ, मोदी र रामदेवलाई दिए धन्यवाद

असार ७, २०८२

मोरङका निर बहादुर खड्का कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

असार ६, २०८२

‘मिस्टर महानगर’ उपाधिका लागि ३८ खेलाडी बीच प्रतिस्पर्धा, असार ७ गते हुने फाइनल

असार ६, २०८२

प्रधानमन्त्री ओलीद्वारा ग्वार्को फ्लाइओभर उद्घाटन: “अब विकासले फड्को मारेको छ”

असार ६, २०८२

अख्तियारको टोली द्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

असार ६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend