Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सभ्य, एवं समतामूलक समाज निर्माणका लागि सांस्कृतिक रूपान्तरणको खाँचो : राष्ट्रपति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २१, २०७८
In समाचार
0

२१ जेठ,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विसं २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।

नेपालको संविधान तथा अन्तर्गतका कानूनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरे पनि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यूनचेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको समूल अन्त्य हुन नसकेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको छ । छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको र सो प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो औँल्याउँदै राष्ट्रपतिले यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकतामा जोड दिनुभएको छ ।

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरूद्धको अपराध भएकाले सो प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन राष्ट्रपतिले सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ । सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन समेत आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आजको दिनले सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।(रासस)

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

माघ १९, २०८२
समाचार

जनकपुर–ढल्केवर हाइवेमा शौचालय बनेको बाधक, सडक र सुचारु रेल्वे लाइनसँगै हुँदा दुर्घटनाको गम्भीर जोखिम , जिल्ला ट्राफिक कार्यालय धनुषाको ध्यानाकर्षण आवश्यक

पुस ११, २०८२
समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend