Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मन्त्रिमण्डल हेरफेरः तीन उपप्रमसहित नयाँ मन्त्रीको शपथ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २२, २०७८
In समाचार
0

२१ जेठ,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा आज जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नवनियुक्त उपप्रधान तथा मन्त्री हरुलाई सितल निवासमा सपथ खुवाउनु हुदै ।

नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो हुनुहुन्छ । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहनुभएको छ भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

नवनियुक्त मन्त्रीहरु सितल निवासमा सपथ लिनु हुदै ।

नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा –खानेपानी, लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नवनियुक्त राज्यमन्त्रीहरुलाई सितल निवासमा सपथ खुवाउनु हुदै प्रधानमन्त्री केपी शर्मा ओली ।

राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त हुनुभएको छ । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिनुभएको छ ।

नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा ।
नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा स्वागत गर्दै सचिव डा. रमेशप्रसाद सिंह ।
नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो शुक्रबार सिंहखरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै ।

एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहनुभएको छ । उपप्रम पौडेल र महासेठबाट पदबहाली यसैबीच नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज पदबहाली गर्नुभयो । त्यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले पनि आजै परराष्ट्र मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य कर्मचारीले मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।(रासस)

नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल पद तथा गोपनीयताको शपथ लिएपछि आज सिंहदबारस्थित अर्थ मन्त्रालयमा ।
  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend