Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गर्नु पर्छ : राष्ट्रपति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २२, २०७८
In समाचार
0

२२ जेठ,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ । आजको दिनलाई सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्प्रेरणा दिने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान गर्नुभएको छ । प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति दिवस मनाउने सन्दर्भमा गरिने सामुदायिक सरसफाइ, वृक्षरोपणलगायत सिर्जनात्मक क्रियाकलापमा जनस्वास्थ्यका मापदण्डप्रति सजग र सुरक्षित भई सहभागी हुन राष्ट्रपतिले सबैलाई आह्वान गर्नुभएको छ । वातावरण संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारा पूरा गर्ने काममा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश तथा स्थानीय निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिंँदै राष्ट्रपति भण्डारीले वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend