Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

हराउँदै सनपाट खेती

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २५, २०७८
In व्यापार
0

२५जेठ,महोत्तरी : करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्ला/दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती महोत्तरीमा अब देखिन छाडेको हो । जिल्लाको भङ्गाहा नगरपालिका–४ का ८० वर्षीय हस्तबहादुर श्रेष्ठका हातमा अन्य कामबाट फुर्सत मिल्नासाथ अहिले पनि सुत्री कात्ने ढेडुवा (काठको तीन मुख भएको फिरफिरे ) हुन्छ । यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ ।

पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्री कात्ने श्रेष्ठ अब भने पाटका बोरा उधिन्दै त्यसको धागो छुट्याएर सुत्री कात्ने गर्नुभएको छ । “पहिले उमेर छँदा टन्न सनपाट खेती गरिन्थ्यो, आफूलाई वर्षभरि चाहिने नाम्ला, दाम्ला, डोरी र रस्सा बनाएर बाँकी बेचिन्थ्यो”, श्रेष्ठले भन्नुभयो, “अब सनपाट लगाउने आफ्नो हुति (तागत) छैन, गरिआएको काम के गरौँ ? बोरा उधिनेर सुत्री कातिन्छ ।” श्रेष्ठमात्र नभएर मधेशमा पाका उमेरका आम किसान अन्य कामबाट फुर्सत भएको समय डोरी, दाम्लो र मोटो रस्सा बनाउन फुर्सतको समयमा ढेडुवा नचाउँदै सुत्री कात्छन् । सुत्री कात्नु उखरमाउलो गर्मीबीच समवयस्कसँग कुराकानी गर्दै आरामका बेलामा गरिने पाका किसानहरुको आम कुरा हो ।

पहिले सनपाटबाट बनाइने सुत्री अब पुराना बोरा उधिनेर कात्नुपरेको अहिले पनि फिरफिरे नचाइरहेका श्रेष्ठ बताउनुहुन्छ । करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा धेरथोर सनपाट खेती गरिन्थ्यो । कुत्रुङ्, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गरिएको श्रेष्ठकै समवयस्क रामनन्दन महतो बताउनुहुन्छ । “आफ्ना नाडी गले, गर्न सकिँदैन, छोराहरुले यो खेतीमा ध्यान दिँदैनन्”, महतो भन्नुहुन्छ, “तैपनि घरका पशुवस्तुलाई चाहिने दाम्ला आफैँ पुर्याउ भनेर थोत्रा बोरा उधिन्दै सुत्री कातेको हूँ ।” पछिल्ला केही दशकयता हाटबजारमा प्लाष्टिकका दाम्ला, नाम्ला र डोरी प्रचुर आउन थालेपछि पछिल्लो पुस्ताका किसानले सनपाट सम्झन नै छाडेका महतोको भनाइ छ । सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्साका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले किन्ने गर्थ्यो ।

यसबाहेक असारमा धान रोपाइँ गर्नुअघि खेत हिल्याउँदा सनपाटसहित जोतेर सम्याएपछि मलको आवश्यकता पूरा हुने गरेको किसान सम्झन्छन् । “जेठ निगल्दो खेतमा लहलहाएको सनपाटसहितै जोतेर हिल्याएपछि पाँच/सात दिनमा गलेर मल बन्थ्यो”, बर्दिबास–९ का किसान महेन्द्र महतो सम्झनुहुन्छ, “त्यही मलले धान राम्रो उत्पादन हुन्थ्यो ।” सनपाट खेतीले जग्गाको उर्वरा शक्ति बढाउने किसान बताउँछन् । “डाँठ र पात कुहाएर प्राङ्गारिक मल हुने र जराका गिर्खाहरुले नाइट्रोजन मल बनाउने हुँदा यो जग्गाको उर्वरा शक्ति बढाउन उपयोगी भएको हो”, महतोले भन्नुभयो । सनपाट खेतीका लागि बोट छिप्पिएपछि काटेर गहिरो पानीमा डुबाएर केही दिन राख्नुपर्छ ।

महोत्तरीमा लगाइने गरिएका सनपाटमध्ये कुत्रुङ् २२ दिन, कश्मिरा तीन दिन र पटुवा १०/१२ दिन पानीमा गलाएपछि चुटेर सफा पार्दै रेशा निकालिन्छ । पछिल्ला केही दशकयता पोखरी, दह र नदीमा पानी सुक्दै गएपछि यो खेतीको सम्भावना पनि सुक्दै गएको किसान बताउँछन् । सनपाटको रेशा (धागो) सुत्री कात्न र उद्योगलाई बेच्न सकिने र सन्ठी (डाँठ) दाउरामा प्रयोग गर्ने गरिन्छ । सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउन/जगाउन गृहिणीले बचाएर राख्ने पुरानो चलन पाका गृहिणी बताउँछन् । सन्ठी दीपावली पर्वमा ‘हुक्कालोली’ खेल्न प्रयोग गर्ने मधेशको चलन छ । भूतप्रेत र दुष्ट आत्माहरुको बस्ती र बालीनालीमा आँखा नलागोस् भनेर सन्ठी बालेर ‘हुक्कालोली’ भन्दै नचाइने यो परम्परालाई खेलकै सङ्ज्ञा दिइएको छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको पाका किसान सम्झन्छन् । यो बहुउपयोगी खेती अब जिल्लामा हराउँदै गएको छ ।

कतैकतैमात्र पुराना किसानले थोरै जग्गामा लगाएको देखिन्छ । पशुपालक किसानलाई दाम्ला, डोरी चाहिरहने सामग्री हुन् । त्यस्तै पाटको रेशा राम्रो मूल्यमा बिक्री हुन्छ । यो खेतीको अर्को महत्वपूर्ण पाटो खेतबारीलाई उर्वर बनाइराख्न मलको आवश्यकता पूरा गर्ने हुँदा मल पाइएन भनेर छटपटिनु नपर्ने कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–६ का बासिन्दा कृषिविज्ञ राजकिशोर यादव बताउनुहुन्छ । जमीनको सामान्य चिस्यानमा हुनसक्ने सनपाट खेतीमा किसानलाई उत्प्रेरित गर्नुपर्ने यादवको भनाइ छ । सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको ठिक ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् ।(रासस)

  • 22shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२
व्यापार

सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान शुरू

चैत्र ४, २०८१
व्यापार

नेपाल र चीन बीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

पुस १, २०८१
व्यापार

राजविराज विमानस्थलमा बुद्ध एयरको जहाज अवतरण,रात्रीकालिन उडान शुरु 

पुस १, २०८१
व्यापार

२ सय १२ होटल, एकसय ३२ रिसोर्ट र २६ क्यासिनो लाई अनुमति

मंसिर २४, २०८१
व्यापार

विद्युतीय व्यवसायी महासंघले “फिन इलेक्ट्रो टेक २०२४”आयोजना गर्दै

कार्तिक २६, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend