Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नवनियुक्त मन्त्रीको शपथ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २७, २०७८
In समाचार
0
राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नवनियुक्त मन्त्रीहरुलाई शितल निवासमा शपथ खुवाउनु हुदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नवनियुक्त मन्त्रीहरुलाई शितल निवासमा शपथ खुवाउनु हुदै ।

२७जेठ,काठमाडौैँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा मौजुदा मन्त्रिपरिषदमा आज नियुक्ति, हेरफेर र विस्तार गरी पूर्णता दिनुभएको थियो । नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको हो । यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीवाट नवनियुक्त मन्त्रीहरु शितल निवासमा शपथ लिनुहुदै ।

पछिल्लो पटक गत वैशाख ३० गते ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री हुनुभएका ओलीले वैशाख ३१ गते पहिलो र यही जेठ २१ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । शपथ लिनेमा गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई शितल निवासमा शपथ पछि बधाई दिदैं प्रधानमन्त्री केपी शर्मा ओली ।

यसैगरी राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन मन्त्रालयका राज्यमन्त्री पदको शपथ गराउनुभएको थियो । समारोहमा राज्यका उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend