Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बेलायतकी महारानी एलिजाबेथ सँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १, २०७८
In अन्तराष्ट्रिय
0

लन्डन, १ असार : बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँग विन्डसर क्यासलमा प्रत्यक्ष भेटवार्ता गर्नु भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री विश्वका सम्पन्न सात मुलुक (जी–७) को बैठकमा पर्यवेक्षकका रुपमा सहभागी हुन बेलायत आइपुग्नु भएको थियो । बेलायतको राजसंस्था अस्ट्रेलियाको पनि राजसंस्था रहेको छ । बेलायती कमनवेल्थ समूहका ५४ देशमध्ये अस्ट्रेलिया पनि एक हो ।

यो साता ९५ वर्षीया बेलायती महारानी निकै व्यस्त हुनु भएको थियो । उहाँ गत शुक्रबार बेलायतको दक्षिण पश्चिमस्थित कोर्नवालसम्म ट्रेनमा जानु भएको थियो । कोर्नवालमा सम्पन्न “सम्पन्न सात” (जी–७) का नेताहरुको शिखर बैठकमा सहभागी विश्वका नेताहरुका लागि आयोजित रात्रिभोजमा उहाँ सरिक हुनु भएको थियो । लगत्तै उहाँ शनिबार आफ्नो ९५औं जन्मोत्सवका अवसरमा विन्डसरमा आयोजित सैनिक परेडमा सहभागी हुनु भएको थियो ।

अर्को दिन उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँकी धर्मपत्नी जील बाइडेनलाई राजप्रासादमा स्वागत गर्नु भएको थियो । कोरोनाभाइरस महामारीका कारण गत वर्ष महारानी एलिजाबेथले अनलाइन र भर्चुअल माध्यमबाट मात्र अतिथिहरुसँग भेटवार्ता गर्नु भएको थियो । तर यसपटक खुला रुपमा उहाँले अतिथिहरुसँग भेटघाट गर्नु भयो ।

अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि लन्डनमा भेटवार्ता गर्नु भएको थियो । उहाँहरुबीच एकअर्का मुलुकका कैयौं वस्तु एवं सेवामा लाग्दै आएका करहरु हटाएर स्वतन्त्र व्यापार सम्झौता गर्ने बारेमा एउटा खाकामा सहमति भएको थियो । (एपी)

  • 17shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

अशोज २०, २०८२
अन्तराष्ट्रिय

नेपालमा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीको संवेदना : ‘सहयोगका लागि भारत सधैं तयार’

अशोज १९, २०८२
अन्तराष्ट्रिय

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

अशोज १२, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, भारतको सहयोग निरन्तर रहने

अशोज २, २०८२
अन्तराष्ट्रिय

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

अशोज २, २०८२
अन्तराष्ट्रिय

इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ पत्रकारको मृत्यु

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend