Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एमालेलाई फुटबाट जोगाउन नेता खनालको आह्वान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २, २०७८
In राजनीति
0

काठमाडौँ, २ असार : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गर्नु भएको छ । स्वास्थ्य उपचारका लागि आज भारतको नयाँ दिल्ली जानु अघि उहाँले आज विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनास बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने उहाँको भनाइ छ ।

“पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सकेमा भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं,” उहाँले भन्नुभएको छ,“ त्यसैले टुट–फुट र विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।”उहाँले एमाले पार्टी सयौँ शहीदको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको सङ्घर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दूसम्म आइपुगेको उल्लेख गर्नुभयो ।


पूर्वप्रधानमन्त्री खनालले एमाले पार्टी देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको जनाउँदै भन्नुभएको छ, “तर जनताको चाहना र अपेक्षाविपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।”
उहाँले देश, लोकतन्त्र र पार्टीको अहिलेको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गर्दै विगतमा सबै मिलेर हासिल गरेका ठूला सफलतालाई स्मरण गर्न समेत आग्रह गर्नुभयो ।


“देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्,” उहाँले भन्नुभएको छ, “त्यही अन्तर सङ्घर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पर्यो र अहिले एमालेमा परिरहेको छ ।”नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरुभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले सबै एकजुट भएर मुलुकका मुलभूत समस्या समाधान गर्न सबैलाई आग्रह समेत गर्नुभयो । देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने उहाँको भनाइ छ ।


उपचारपछि छिट्टै फर्कने
नेता खनालले भारतमा उपचारपछि आफू छिट्टै फर्कने विश्वास व्यक्त गर्नुभएको छ । “सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभएको छ ।उहाँले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण चिकित्सकको सल्लाहमा आफू आज उपचारका लागि केही दिनका लागि देश बाहिर जान थालेको समेत जानकारी गराउनुभयो ।नेता खनाललाई आज अपरान्हे नेपाल वायु सेवा निगमको जहाजबाट भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लगिएको छ ।(रासस)

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२
राजनीति

GEN-Z को माग जायज रहेको एमाले नेता महासेठको दाबी

अशोज ३, २०८२
राजनीति

पूर्व-प्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

भदौ २७, २०८२
राजनीति

जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

भदौ २६, २०८२
राजनीति

हकका लागि रोएर होइन, लडेर लिनु पर्छ : जसपा अध्यक्ष यादव

भदौ १४, २०८२
राजनीति

तराईका किसानलाई अझै पेलिन्छ, सरकारले समस्या समाधान गर्नु पर्छ : अध्यक्ष उपेन्द्र यादव

भदौ १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend