Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सिद्धनाथ महादेव मन्दिर अस्तित्वको संकटमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ६, २०७८
In समाज
0

महोत्तरी, ६ असार : “हे भोलेबाबा बुझायत अछि जे आववाला दिनमे अहाक् दर्शन भेटत नई भेटत ?” (हे महादेव, लाग्दछ, अबका आउने दिनमा तपाईँको दर्शन पाइन्छ, पाइन्न ?), जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुर स्थित प्राचीन शिवालय सिद्धनाथ मन्दिरलाई बडहरी नदीको बाढीले ढालेको डिलमै उभिएर नजिकको पलार बस्तीकी श्रद्धालु सियानकीदेवी बाँतरले दुःख पुकारा गर्नुभयो । ‘किछेसाल पहिने बड्का प्लटके बीचमे मन्दिर छल, आब मन्दिरक क्षेत्र बाइढ स ढहल जारहल अई, बुझायत अछि जे ऐगला सालधैर मन्दिर गिर जाइत’ (केही वर्ष पहिले ठूलो चौरको माझमा मन्दिर थियो, अब त मन्दिर क्षेत्र बाढीले ढाल्दै गएको छ, लाग्दछ, आउने दिनमा मन्दिर ढलिसक्ला), बाँतरले मन्दिरबारे थप चिन्ता व्यक्त गर्नुभयो ।

बाँतरमात्र नभएर भङ्गाहा नगरका सिद्धपुर, पलार, बखरी र हतिसर्वा बस्तीको माझमा रहेको यो प्राचीन शिवालयबारे यस भेगका आम सर्वसाधारण बर्सेनिको बाढीले मन्दिर क्षेत्रमा मच्चाएको ताण्डवले विह्वल बनेका छन् । असार लाग्नासाथ अहिले दिनहुँ पानी परिरहेपछि मन्दिर यसपालिकै बर्खाले ढाल्ने हो कि भन्ने आम चिन्ता छ । महोत्तरीको अति प्राचीन धार्मिकस्थल भंगहा–५ को सिद्धपुर स्थित सिद्धनाथ महादेव मन्दिरको बाढीकै कारण अस्तित्वको संकट परेपछि यसबारे अहिले आम चिन्ता बढेको छ ।

रातु र बडहरी नदीको सङ्गम (दोभान)स्थित यो मन्दिर पछिल्ला केही वर्षयता बर्सेनि बाढीले कटान गर्दै लगेपछि अब मन्दिर नै ढल्ने चिन्ताले यहाँका सर्वसाधारण विह्वल बनेका हुन् । दुवै नदी (रातु र बडहरी) किनारको करिब ३० बिघाभन्दा बढीको चौरमाझमा रहेको यो मन्दिर अहिले बर्सेनिको नदी कटानले नदीको डिलमा पुगेको छ । मन्दिर परिसरमै नदीको पानी बग्न थालेपछि अब जुनसुकै बेला मन्दिर ढल्ने वा बग्ने स्थिति बनेको सिद्धपुर बस्तीका सामाजिक कार्यकर्ता शङ्कर साह चिन्ता व्यक्त गर्नुहुन्छ ।

रातु र बडहरी नदीमा आउने बर्खे भेलले मन्दिरको उत्तर र पश्चिम डिल ढालिसकेको छ । पूर्व र दक्षिणतर्फको मन्दिर परिसरको चौर अतिक्रमण गरिएपछि अब मन्दिर सानो कोप्चोमा ठिङ्ग उभिएको देखिन्छ । नदी नियन्त्रणका लागि तटबन्ध नबन्दा र अतिक्रमण हटाउन कतैबाट पहल नहुँदा मन्दिरको बिजोग भएको नजिकैको अर्को बस्ती पलारका ७५ वर्षीय चौठी बाँतरले गुनासो गर्नुभयो । करिब ३०० वर्षअघि एक दुधारीबाबा नामका साधुले सपनामा पाएको सन्देशअनुसार खोजी गर्दै जाँदा घना जङ्गल बीच शिवलिङ्ग फेला पारेर त्यसको प्रतिष्ठा गरेर सिद्धनाथ महादेव नामकरण गरेका यहाँका बूढापाका आफ्ना पूर्वजले भन्दै आएका सम्झन्छन् ।

“दुधारीबाबाले पत्ता लगाएर प्रतिष्ठा गरेपछि यो मन्दिरमा सर्वसाधारणले पूजाआराधना शुरु गरेका हाम्रा बाजेले बताउनुभएको हो”, आफु सानो छँदा बाजेले मन्दिरबारे बताएका कुरा सम्झँदै पूर्वप्रशासक भंगहा–३ का ८० वर्षीय तेजनारायण सिंह थारूले भन्नुभयो, “यो प्राचीन धार्मिक धरोहरको अहिलेको बिजोग हेर्दा मन अड्याउने ठाउँ देखिन्न ।” जिल्लाकै अति प्राचीन यो मन्दिरका लागि विगतमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष), तत्कालीन जिल्ला विकास समिति र भङ्गाहा गाविस (नगरपालिका बन्नुपूर्व)ले बेलाबेलामा योजना बनाएको बताए पनि ठाउँठाउँमा बालुवा थुपार्न बाहेक केही नगरेका सिद्धपुरका बासिन्दाको गुनासो छ ।

हुँदाहुँदा अब त सबैतिरको बेवास्ताले मन्दिर रहने नरहने स्थितिमा पुगेको सिद्धपुरका ३५ वर्षीय युवा विनोद मण्डल चिन्ता व्यक्त गर्नुहुन्छ । महाशिवरात्रि र साउन महिनाभरि यहाँ लाग्ने धार्मिक मेलाको ठेक्का लगाएर नगरपालिकाले आम्दानी लिने गरेपनि टाढाटाढाबाट आउने श्रद्धालु दर्शनार्थीका लागि खानेपानी, बासस्थान (धर्मशाला) र प्राथमिक उपचारसम्मको पनि कुनै व्यवस्था नभएको सिद्धपुरका बासिन्दाको रोष छ ।

“अब त मन्दिरसँगसँगै बडहरी नदीले सीतापुर धतियाटोल र सिद्धपुर बस्तीनै लाने डर छ, घरकै छेउमा नदी बग्न थाल्यो”, भङ्गाहा–५ कै सामाजिक, राजनीतिक कार्यकर्ता किशोरीसिंह राजपूतले भन्नुभयो, “बचाउका उपाय भने केही चालिएका छैनन्, आकाशमा बादल मडारिएको देखेपछि हामी जागेरै रात कटाउँछाँै ।” अहिले लाग्दो असारकै वर्षाले हावाकावा बनाएको बताउँदै सिंहले साउन÷भदौको मुख्य बर्खाकालमा के होला ? भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यसैबीच भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले मन्दिर परिसर, सीतापुर धतियाटोल र सिद्धपुर बस्ती बचाउका लागि छड्के बाँध्ने (ढुङ्गा जालीमा बाँधेर कटान रोक्न गरिएको काम) गरिँदै आइए पनि यो त्यति उपलब्धिमूलक नभएको स्वीकार गर्नुभयो । “पहिले पनि त्यतिखेरका निकायले धार्मिकस्थल बचाउन ठाउँठाउँमा छड्के त बाँधेका हुन्”, साहले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि पनि स्रोत साधनको सीमितता भित्र केही कामका प्रयत्न विभिन्न निकायको समन्वयमा गरिएको हो, तर बर्खे भेलले यी प्रयत्नलाई उपलब्धि विहीन बनाउँदैछ ।” यहाँ मन्दिर र बस्ती बचाउन छड्केले मात्र सम्भव नहुने देखिएको हुँदा अब दुईतर्फी तटबन्ध निर्माण नै स्थायी समाधान हुने साहको भनाइ छ ।

यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको समान चासो आवश्यक रहेको साहले बताउनुभयो । नगरपालिकाको सीमित बजेट रकमले मात्र यस ठाउँमा उपलब्धिमूलक काम हुने अवस्था नरहेको साह बताउनुहुन्छ । मन्दिर परिसरको संरक्षणका नाममा बर्सेनि रकम विनियोजन भए पनि ठोस काम नहुँदा अब केही होला भन्ने विश्वास लाग्न छाडेको वरपरका सर्वसाधारण बताउँछन् । “सधैँजसो बर्सेनि बर्खा लाग्न थालेपछि केही थान जाली र ढुङ्गा झारिन्छन्, बाँध्न थालेजस्तो भनक पाइन्छ, तर उस्ताको उस्तै” मन्दिर नजिकको रामनगर बस्तीकी हीरादेवी दाहाल भन्नुहुन्छ, “टालटुले कनिका छर्काइले यहाँ केही हुने देखिन्न ।”

यो प्राचीन धार्मिकस्थल र नजिकका बस्ती जोगाउन अब तटबन्धबाहेकका विकल्प नदेखिएको दाहालको थप भनाइ छ । यसअघि पनि मन्दिर संरक्षणका नाउँमा कैयन पटक योजना बनेको बताइए पनि काम भने नहुँदा अब कुरामा विश्वास लाग्न छाडेको सिद्धपुरका बासिन्दाको भनाइ छ । “कुरा त सुनेकौ हौँ नि, काम भएपो भयो भन्ने बुझ्नु”, सिद्धपुरका ७० वर्षीय सोगारथ साहले भन्नुभयो, “हामीलाई त कुरामा विश्वास लाग्नै छाड्यो ।” यस भेगका बासिन्दाले अब मन्दिर र नजिकका बस्ती जोगाउन स्थानीय तहले प्रदेश र केन्द्र सरकारसहितका अन्य सम्बद्ध निकाय घचघच्याउनु पर्ने आवश्यकता देखिएको औँल्याएका छन् । नगरपालिका नेतृत्वले तत्काल यसको पहलकदमी लिनुपर्ने आम सर्वसाधारणको सुझाव छ ।(रासस)

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२
समाज

परराष्ट्रमन्त्री डा. राणाले बुढानीलकण्ठ स्थित निवासमा भित्र्याइन् गौरा

भदौ १५, २०८२
समाज

आज बुबाको सम्मान स्वरुप मनाइदैँ बाबुको मुख हेर्ने दिन  

भदौ ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend