Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भ्रमरपुरामा २५ दिनपछि फेला पर्यो सुजिताको अवशेष

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १३, २०७८
In अपराध
0

जलेश्वर, १३ असार : महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थामा आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृतकका ससुरा) को खेतमा गाडिएको अवस्थामा शवका अवशेष फेला परेका हुन् ।

गत १९ गते राति नै हत्या गरी ससुरा पतिराम, देवर रुपेश र पति मुकेशले उनको शव घरभन्दा करीब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कुनामा गाडिएको प्रहरीले जनाएको छ । आज २५ दिनपछि सुजिताको शवका अवशेषहरू फेला परेको हो ।

मिडियामा महिला हराएको र हत्याको आशंका गरिएको समाचार व्यापक रूपमा आएको तथा मृतकका माईती पक्षले मानवअधिकार आयोग, महिला आयोग, मधेशी आयोग लगायत स्थानहरूबाट शव उत्खनन् गर्न दबाब दिएपछि प्रहरीले आज उक्त स्थानमा उत्खनन् गर्दा खाल्डोमा मृतकको कपाल, प्लाष्टिकको डोरी, रगत, केमिकल र नुन मिसिएको माटो, तन्ना, महिलाले लगाएको लुगा फेला परेको छ ।

घटनाको २५ दिन बित्तिसक्दा उनको शरीरको मासु गलिसकेको र केही अवशेषहरू मात्रै फेला परेका हो । जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माईती रहेको सुजिताकी आमा सुनिता पाण्डेय, बुवा कामेश्वर पाण्डे, दाजु जितेन्द्र पाण्डे, भाइ शिवम पाण्डेले ससुराली पक्षले सुजिताको हत्या गरी मनरहिया वनमा गाडेकाले उत्खनन र जाँच गरिदिन प्रहरी चौकी भ्रमरपुरा, ईलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालयमा दुई साता बढीदेखि धाइरहे पनि प्रहरीले उनीहरूको कुरा नसुनेको बुबा कामेश्वरले आरोप लगाउनुभयो ।

मृतककी आमा

उहाँले प्रहरीहरूलाई आफूहरू छोरीको हत्या भएको भन्न जाँदा प्रहरीहरूले तिम्रो छोरीको अरुसँग नराम्रो सम्बन्ध रहेको र अरुसँग भागेको जस्ता अश्लिल शब्द प्रयोग गरी गाली गर्दै सहयोग नगरेको समेत आरोप लगाउनुुभयो । सामाजिक अभियन्ता सरोज रायको पहलमा दुई दिनदेखि जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको एक्सनमा आज सुजिताको शव उत्खनन हुन सकेको उनकी आमा सुनिताले बताउनुभयो ।

यसअघि मृतक सुजिताका देवर रुपेशले उनका दाजु जितेन्द्र पाण्डेलाई आफूहरूले सुजितालाई मारेको स्वीकार गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको तर प्रहरीले उक्त भिडियोलाई प्रमाण मानेको थिएन र घटनाबारे अनुसन्धान भइरहको तथा सुजिताको खोजी भइरहेको बताएको छ ।(रासस)

  • 88shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

पूर्व-सभामुख कृष्ण बहादुर महरा पक्राउ

अशोज २६, २०८२
अपराध

हत्याको आरोपमा एक जना पक्राउ

अशोज २२, २०८२
अपराध

दुई छोराको हत्या प्रकरण : बाबुको पीडा, प्रहरीमाथि लापरबाहीको आरोप

अशोज १८, २०८२
अपराध

सिराहामा १५ वर्षीय किशोरको अपहरण पछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

अशोज ७, २०८२
अपराध

रौतहटमा युवकको हत्या, एक जना पक्राउ

भदौ ४, २०८२
अपराध

हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

साउन ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend