Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अमेरिकी र इजरायली विदेश मन्त्रीबीच भेटवार्ता तय

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १३, २०७८
In अन्तराष्ट्रिय
0

पेरिस, १३ असार : अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र इजरायलका नवनियुक्त विदेश मन्त्री याईर लापिडबीच आइतबार भेटवार्ता हुने भएको छ । इजरायलमा नयाँ सरकार गठन भएपछि इजरायल र अमेरिकाका वरिष्ट कुटनीतिज्ञबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो । इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त गर्न मुख्य भूमिका निर्वाह गर्नु भएका याईर लापिडले आफूलाई प्रधानमन्त्रीको दौडबाट ढिलाई गरेर पनि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नु भएको थियो ।

इजरायलमा नाफ्ताली बेनेटको नयाँ सरकार निर्माणमा भएको सम्झौता बमोजिम लापिड दुई वर्षपछि इजरायलको प्रधानमन्त्री बन्नु हुनेछ । विदेश मन्त्री लापिड अमेरिकी विदेश मन्त्रीलाई भेट्न आइतबार रोम प्रस्थान गर्दै हुनुहुन्छ । अमेरिकी विदेश मन्त्री ब्लिन्केन पनि युरोपका तीन देशको भ्रमणका लागि आइतबार नै इटाली आइपुग्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुनः अगाडि बढाउने बताइरहेकै अवस्थामा दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।

यस सम्झौतालाई इजरायलले कडा प्रतिबाद गरिरहेको छ । सन् २०१५ को आणविक सम्झौता बमोजिम इरानले भने आफूमाथि लागेका प्रतिबन्धहरु फुकुवा हुने आशामा आफ्नो आणविक कार्यक्रममा व्यापक कटौती गरेको छ । साथै, राष्ट्रपति बाइडेन र विदेश मन्त्री ब्लिन्केनले इजरायल सरकार र प्यालेस्टाइनी इस्लामिक समूह हमासबीच गत मे २१ मा सम्पन्न युद्धबिरामलाई दिगो बनाउन प्रयास गर्नु हुनेछ । इजरायली विदेश मन्त्री लापिड एक जना मध्यमार्गी स्वभावका हुनुहुन्छ ।

लापिडले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लहैलहैमा लागेर दुई देशबीचको घनिष्ट सम्बन्धलाई कमजोर बनाएको बताउँदै आउनु भएको छ । तैपनि, इजरायलको नयाँ सरकारले अझै पनि इरानलाई प्रमुख चुनौतीका रुपमा लिने गरेको छ । केही दिनअघि प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा हवाई आक्रमण गरे पनि अमेरिकासँगको सम्बन्धलाई पुनः पुरानै लयमा फर्काउन नयाँ सरकार इच्छुक छ । अमेरिकी विदेश मन्त्री ब्लिन्केनसँग लाडिपको टेलिफोन संवादपछि इजरायली विदेश मन्त्रालयले दुई नेताले आपसी सम्बन्ध सुदृढ गर्नेबारेमा सहमति भएको जनाएको छ ।(रासस–एएफपी)

  • 29shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

अशोज २०, २०८२
अन्तराष्ट्रिय

नेपालमा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीको संवेदना : ‘सहयोगका लागि भारत सधैं तयार’

अशोज १९, २०८२
अन्तराष्ट्रिय

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

अशोज १२, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, भारतको सहयोग निरन्तर रहने

अशोज २, २०८२
अन्तराष्ट्रिय

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

अशोज २, २०८२
अन्तराष्ट्रिय

इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ पत्रकारको मृत्यु

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend