१९, असार,(आशिष कुमार मंडल) : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,जनकपुरधामले रेविज रोग नियन्त्रणका लागि सामुदायिक तथा घर पालुवा कुकुरहरु लागी बन्ध्याकरणको कार्यक्रम संचालन गरेको छ । एनिमल नेपालको टेक्निकल सहयोगमा घर पालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज रोग नियन्त्रणको कार्यक्रम शुरु भएको मिति २०७८/०३/१७ गते देखि २०७८/३/२३ गते सम्म चल्ने छ ।
एनिमल नेपालको संचार अधिकृत राधा गुरुङले जनाए अनुसार (HUMANE DOG POPULATION ) प्रोगाम मुताबिक आधुनिक तरिकाले कुकुरहरुको बन्ध्याकरण गरि शहरमा सामुदायिक कुकुरहरुको जनसंख्या नियन्त्रण गर्न २ जना विशेषज्ञ डा. सुनिल थापा र डा. आभाष कोजु सहित १० जना को सहायक टोलि यस कार्यमा लागेका हुन ।

बन्ध्याकरणको माध्यमबाट सामुदायिक कुकुरहरुको जनसंख्या कम हुने र भाले कुकुरको बन्ध्याकरण गर्नाले उनीहरुमा चकचक गर्ने तथा रिसाउने बानि कम हुने र यसको टोकाई बाट सर्ने रेबिज रोगको असर बाट पनि सुरक्षित रहने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,धनुषा का प्रमुख इन्द्रदेव साहले बताए। कार्यालय प्रमुख साहका अनुसार सामुदायिक पोथी कुकुरहरुको अनियमित प्रजनन कार्यले गर्दा उनीहरुको पाठेघरमा (T.V.T.) रोग सर्ने गर्छ ।
यो रोग विशेष गरि पोथी कुकुरहरुलाइ लाग्ने (क्यान्सर) रोग हो, बन्ध्याकरणको माध्यमबाट केहि हदसम्म उनीहरुलाई यो रोग बाट बचाउन सकिने विश्वास व्यक्त गर्दै सर्व–साधारण समेतलाई समयमै आएर आ–आफ्ना घरमा पाली रहनु भएका कुकुरलाई बन्ध्याकरण गराई रेविज रोग नियन्त्रण कार्यमा सहयोग गर्न कार्यालय प्रमुख इन्द्रदेव साहले सुचना मार्फत आह्वान गरेका छन ।

२०० जति सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य लिएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले तत्काल अहिले सम्म भाले पोथी मिलाएर शहरी क्षेत्रमा रहेका ९५ वटा कुकुरहरुको बन्ध्याकरण गरी सकेका छन ।



















आफ्नो प्रतिकृया दिनुहोस्