Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

खोपका अभावमा नागरिक तड्पिनु पर्दैन: प्रधानमन्त्री ओली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २७, २०७८
In समाचार
0

काठमाडौँ,२७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नु भएको छ । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो संख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।” उहाँले यस वर्षको अन्तिम (सन् २०२१) भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।” उहाँले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कोभिडको तेस्रो/चौथो लहर तर्फ सचेतता
‘जीवन पहिला’ भन्ने नाराका साथ कोभिड विरुद्धको लडाइँ अघि बढाइएको उहाँले स्मरण गराउनुभयो । “जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो”, प्रधानमन्त्रीले भन्नुभयो । उहाँले स्वास्थ्य सेवाको पर्याप्तता नभएको र साधन स्रोतको न्यूनता रहेको नेपालमा ठूलो सफलताका साथ कोभिड नियन्त्रण गरिएको बताउनुभयो । कोभिडको तेस्रो/चौथो लहर चल्छ भन्ने कुरा आएको तर्फ सचेत गराउँदै प्रधानमन्त्रीले नागरिकलाई लापरवाही नगरी सजगता अपनाउन आग्रह गर्नुभयो ।

वीर अस्पताल विविध कारणले सञ्चालन परिचालन र विकास अपेक्षाकृत हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै उहाँले मानवीय र सेवाभाव बाट प्रेरित भएर सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी सेवामा जुट्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले बिरामी र आफन्तसँग गरिने व्यवहारमा सुधारको खाँचो औँल्याउँदै स्वास्थ्य बलियो राख्न खानपिन र आहारविहारमा सुधार गर्न नागरिकलाई सुझाव दिनुभयो ।

नेपाल धर्तीकै ज्ञान प्रारम्भ भएको, चिकित्सा विज्ञान, शल्यक्रिया, औषधि विज्ञानको शुरुआत भएको मुलुक भएर पनि बीचमा त्यस्ता उपलब्धि हराउँदै गएको प्रसङ्ग जोड्दै प्रधानमन्त्री ओलीले नेपालमा साढे दुई हजार वर्षअघि शल्यक्रिया विज्ञानको विकास गरिएको, त्यसको महत्वपूर्ण पक्ष चिकित्साशास्त्रको ‘श्रुतिसंहिता’ र औषधि विज्ञानको ‘चरकसंहिता’ भएको तथा त्यसैका आधारमा आयुर्वेदको विकास भएको बताउनुभयो ।

औषधि विज्ञानको प्रभावकारिता विश्वको कुनै पनि विश्वविद्यालयमा रहेको तर नेपालमा भने विश्वास हराउँदै गएकामा उहाँले चिन्ता प्रकट गर्नुभयो । प्रधानमन्त्री ओलीले त्यस अवस्थाबाट वीर अस्पतालको शुरुआत भएको र यसले नै स्वास्थ्य शिक्षाको शुरुआत गरेर अर्काे ऐतिहासिक काम गरेकामा प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा जस्तो नभई वर्तमान नेपालको चिकित्सा क्षेत्र धेरै बलियो भइसकेको धारणा व्यक्त गर्नुभयो । “हिजो हामीकहाँ धेरै अभाव थियो, मेरै मिर्गाैला प्रत्यारोपण (२०६४ साल साउन) भारतमा गरिएको थियो, अहिले नेपालमा सफलताका साथ प्रत्यारोपण हुने स्थिति आएपछि दोस्रोपटक नेपालमै गर्न पाएको छु ”, प्रधानमन्त्रीको भनाइ रहेको थियो । उहाँले बाहिर भन्दा सफलतापूर्वक र व्यवस्थित ढंगले नेपालमा उपचार पद्धतिको विकास भएको आफ्नै अनुभव सुनाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो मिर्गाैला प्रत्यारोपण गर्दा रु. सात/आठ लाख लागेकामा त्यही उपचार बाहिर भएको भए कम्तीमा रु २० देखि २५ लाख लाग्ने जिकिर गर्नुभयो । कोरोना महामारीका बेला पहिलो पटक हङ्कङमा स्वाब परीक्षण गराउनुपरेको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले अहिले १०० भन्दा बढी ठाउँबाट परीक्षण भइरहेको जानकारी गराउनुभयो ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति बढिरहेको, विशिष्टीकृत अस्पताल बनेको, उपकरण उपलब्धताका हिसाबले समेत चिकित्सा क्षेत्र धेरै माथि बढिसकेको जनाउँदै उहाँले तीन वर्षमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो । स्वास्थ्यक्षेत्रलाई सरकारले पनि सबै हिसाबले आधुनिक र सुविधा युक्त बनाउँदै लगेको जानकारी दिँदैै प्रधानमन्त्री ओलीले भन्नुभयो, “ज्ञान, शास्त्र, अक्षर, गणित र अङ्क नेपालमै उत्पन्न भएको हो, यसलाई फेरि पनि ज्ञानको उत्पादन र वितरणको केन्द्र बनाउनुपर्छ ।”

स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन अनुरोध
नेपालमा जस्तो सस्तो उपचार कहीँ पनि नभएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्यक्षेत्रलाई सर्वसुलभ बनाउन सम्बद्ध सबैमा अनुरोध गर्नुभयो । उहाँले वीर अस्पतालले पुरानो प्रभाव र प्रतिष्ठालाई अझै माथि उठाउने विश्वास व्यक्त गर्दै चिकित्सा उपचार गरेर मात्रै नहुने भएकाले बिरामीप्रति गर्ने व्यवहार र मनोवैज्ञानिक उपचारतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

अस्पताल भवन मात्रै नभई सेवाको मन्दिर हो भन्ने भावनाका साथ काम गर्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई सुझाव दिँदै अस्पताललाई पूर्ण क्षमतामा लैजान निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले वीर अस्पतालको भवन लगायत विभिन्न परियोजना समयमै निर्माण सम्पन्न गरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो । उहाँले चिकित्सा सेवाको आवश्यकता बोध गरी यस क्षेत्रमा नयाँ थालनी गर्ने वीरशम्शेरप्रति पनि आदरभाव व्यक्त गर्नुभयो ।

समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. देवनारायण शाहले नवनिर्मित सर्जिकल भवन ५०९ श्ययाको रहने जानकारी गराउनुभयो । सर्जिकल विधाको सेवा, शिक्षा र अनुसन्धानमा यसले नयाँ आयाम थप्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणका क्रममा दुर्घटनामा मृत्यु भएका दुई मजदुरका परिवारलाई अस्पतालबाट हुने सबै स्वास्थ्य सेवा उपलब्ध गराइने घोषणासमेत गर्नुभयो ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रा. डा. जागेश्वर गौतमले अस्पतालबाट विशिष्टीकृत विशेषज्ञ सेवा दिइने जानकारी गराउँदै सरकारबाट थप रु. पाँच अर्ब प्राप्त भए अस्पतालले सेवा निःशुल्क गर्न सक्ने पनि जानकारी दिनुभयो । समारोहमा भवन निर्माण गर्ने एक चिनियाँ र दुई नेपाली कम्पनी (जेडआइइसी–शर्मा रसुवा जेभी) का प्रतिनिधि रमेश शर्माले सरकारले कोभिडका कारण छ महिना समयसीमा बढाएको भए उक्त समय पनि नलिई तोकिएको समय अगावै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । भवन निर्माणको समय यही २०७८ कात्तिक सम्मको थियो । समारोहमा प्रधानमन्त्री ओलीले तोकिएको समय अगावै निर्माण सम्पन्न गरेकामा निर्माण कम्पनीलाई कदरपत्र सहित सम्मान गर्नुभएको थियो ।(रासस)

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend