Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २७, २०७८
In व्यापार
0

काठमाडौँ,२७ असार : बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अंकको वृद्धि भएको छ । जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३ अंकले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७.५ अंकको वृद्धि भएको छ । यी उपसमूहको त्लनामा अरु उपसमूहको शेयरमा उल्लेख्य वृद्धि नभए पनि नेप्से बढाउन सहयोगी देखिएका छन् ।

नेप्सेका अनुसार वित्त १८१.२६, ले बढ्दा बैंकिङ ४५.१३, व्यापार ३४.८३, जलविद्युत् ७८.५५, उत्पादन ९६.४, अन्य ९.०१, लघुवित्त १३३.५, सामूहिक लगानी कोष ०.१४ र लगानी २.८२ अङ्कले बढेको छ । लागातार ओरालो लागेको नेप्से आज भने हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ७४.७१ बिन्दुले बढेर नेप्से दुई हजार ८९९.८२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १३.१७ अङ्कले बढेर ५४३.४३ मा पुगेको छ ।


कूल २२५ कम्पनीको तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर रु आठ अर्ब छ करोड १३ लाख ८२ हजार ४९६ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार बराबर पुगेको छ । कारोवारका आधारमा एनआइसि एसिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु ३९ करोड ९६ लाख ११ हहजार ५९५ बराबरको कारोवार भयो ।

यस्तै, नबिल बैंक रु २५ करोड ८१ लाख ८२ हजार १४०, नेपाल बैंक रु २४ करोड ४३ लाख ८४ हजार ६००, नेपाल पूर्वाधार बैंक रु १८ करोड ७८ लाख ४५ हजार ६४२ र मञ्जुश्री फाइनान्स रु १७ करोड ६७ लाख ५१ हजार १२५ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।गुर्खाज फाइनान्स श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साइन रेसुङा ९.९८, मल्टीप्रर्पोज फाइनान्स ९.९७, समृद्धि फाइनान्स ९.९५, महालक्षमी विकास बैंक ९.९३ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५, ओरियन्टल होटल २.७०, एनबिबिएल डिवेञ्चर १.८५, लक्ष्मी विकास बैंकको ऋणपत्र १.२३ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.०८ प्रतिशतले गुमाए ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२
व्यापार

श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव

असार १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend